लागूऔषधसहित ६ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ६ जना पक्राउ


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशका विभिन्न स्थानबाट लागूऔषधसहित ६ जना पक्राउ परेका छन् । बाँकेको नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय २० मिलिग्रामसहित सोही उपहानगरपालिका-२१ बस्ने ३५ वर्षीय केशव राम अहिरलाई  प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगन्ज र इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भे.५ प ६१० नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक अहिरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । 

बाराको जितपुर सिमरा उपमहानगरपालिका-१६ महेन्द्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १.१० मिलिग्रामसहित सोही उपमहानगरपालिका-१५ सुन्दरबस्ती बस्ने २७ वर्षीय राजेन्द्र गुरुङ समेत ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट डुम्मरवानाबाट खटिएको प्रहरीले उक्त पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो ।  

बर्दियाको मधुवन नगरपालिका-६ शान्तिटोलबाट अवैध लागूऔषध ब्राउनसगर जस्तो देखिने पदार्थ ३ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३७ वर्षीय मेहडी हसन अन्सारी र सोही नगरपालिका-८ बस्ने २९ वर्षीय प्रकाश सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय सानोश्रीबाट खटिएको प्रहरीले अन्सारीको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।   

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ५ : २५ बजे

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव

दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए

काठमाडौँ- बडादसैँ मनाउन काठमाडौँ उपत्यका छाड्ने यात्रुको सङ्ख्या पाँच लाख

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ- नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर