आजका समाचार : एकीकृत समाजवादीको बैठकदेखि दरबार हत्याकाण्ड छानबिनको प्रतिबद्धतासम्म | Khabarhub Khabarhub

आजका समाचार : एकीकृत समाजवादीको बैठकदेखि दरबार हत्याकाण्ड छानबिनको प्रतिबद्धतासम्म


१५ माघ २०८०, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा दरबार हत्याकाण्डको छानविन हुन्छ : प्रधानमन्त्री, एकीकृत समाजवादीमा १९ पदाधिकारी, १ सय केन्द्रीय सदस्य रहने, सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र  बनाउनुपर्नेमा जोड, परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता, नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु, त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन, राष्ट्रपति पदका लागि पुटिनद्वारा उम्मेदवारी दर्तालगायतका समाचार रहनेछन् ।

 बैठकका प्रस्तावहरू
नेकपा एकीकृत समाजवादी केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको छ ।

आइतबार र सोमबार काठमाडौंमा बसेको केन्द्रीय परिषद् बैठकले विभिन्न प्रस्तावहरू पारित गरेको हो ।

यसैबीच केन्द्रीय परिषद बैठकले गरेको निर्णय सुनाउँदै पार्टीका महासचिव घनश्याम भुसालले २४ वटा प्रस्तावहरू पारित गरेको बताए ।

थप…

नेकपा एकीकृत समाजवादी प्रत्यक्ष निर्वाचित प्रणालीमा जाने

झलनाथको प्रस्ताव स् दक्षिणपन्थीसँग गठबन्धन गर्नु भन्दा वामपन्थीसँग गरौँ

एकीकृत समाजवादीमा १९ पदाधिकारी, १ सय केन्द्रीय सदस्य रहने

अबको बजेट सामाजिक न्याय र समाजवादको पक्षमा
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता र सबै राजनीतिक दलको सामूहिक सहभागितामा बजेट निर्माण गर्न सरकार केन्द्रित भएको बताएका छन् ।

वीरगञ्जमा आयोजित प्रेस सेन्टर नेपालको २०औं स्थापना दिवस तथा राष्ट्रिय परिषद्को बैठकलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नीति कार्यक्रम र बजेट सामाजिक न्याय र समाजवादको पक्षमा हुने बताएका हुन् ।

दरबार हत्याकाण्डको छानविन हुन्छ :प्रधानमन्त्री

तीन तहका सरकारका बीचमा देखिएका अस्पष्टता हट्नुपर्छ : प्रधानमन्त्री

जनतालाई गणतन्त्रको मर्म बुझाउनुपर्छ : प्रधानमन्त्री

बंगलादेशसँग मिलेर काम गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

बन्द रहेका उद्योग सञ्चालन गर्छौँ : प्रधानमन्त्री दाहाल

सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्छ

सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र  बनाउनुपर्छ
सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी सञ्चारमाध्यमलाई स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएकी छन् ।

सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा सार्वजनिक सेवा प्रसारण विधेयकको सम्बन्धमा भएको छलफलमा मन्त्री शर्माले सरकारी सञ्चारमाध्यम भजनमण्डली जस्तो नभएर स्वतन्त्र र जनउत्तरदायी बनाउनुपर्ने बताएका हुन् ।

नेपालीलाई विदेशी फौजमा भर्ती हुन रोकौं :  वामदेव गौतम

बजार अनुगमनको अधिकार स्थानीय तहलाई हुनुपर्छ : मन्त्री रिजाल

परराष्ट्रमन्त्री साउद र नोवेल शान्ति पुरस्कार विजेता सत्यार्थीबीच भेटवार्ता

नेपालगन्ज-कैलाश मानसरोवर उडान सुरु
लामो समयको प्रयासपछि नेपालगन्जबाट कैलाश मानसरोवर सिधा उडान सुरु भएको छ । श्री एयरलाइन्सको चार्टर विमानबाट सेवा प्रारम्भ भएको हो ।

भारतको दिल्ली, मुम्बइ, गुजरात, उत्तरप्रदेशलगायत स्थानबाट नेपालगञ्ज आएका ३८ जना भारतीय पर्यटकलाई लिएर चार्टर विमान कैलाश मानसरोवरतर्फ प्रस्थान गरेको सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय निर्देशक केशव न्यौपानेले बताए ।

त्रिविका परीक्षासम्बन्धी सेवा आजदेखि अनलाइन

सेयर बजारमा दोहोरो अंकको वृद्धि

खेलकुद…

नेपाल पुलिस प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा
प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार सातौं जित निकालेको छ ।

मूलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेशलाई ६ विकेटले हराउँदै सातौं जित निकालेको पुलिसले प्रतियोगिताको फाइनलमा स्थान पक्का गर्‍यो।


पुलिस दुई खेल खेल्नु अघिनै फाइनलमा पुग्ने पहिलो टिम बन्यो । जितको लागि १७१ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपाल पुलिस क्लबले २४.२ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

सुदूरपश्चिममाथि आर्मीको फराकिलो जित

राष्ट्रपति पदका लागि पुटिनद्वारा उम्मेदवारी दर्ता
रुसले सोमबार औपचारिकरूपमा भ्लादिमिर पुटिनलाई मार्चमा हुने राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारका रूपमा मान्यता दिएको छ । निर्वाचनमा उनको जित करिब निश्चित छ ।

यस शताब्दीको सुरुदेखि नै रुसको नेतृत्व गर्दै आएका ७१ वर्षीय पुटिनले चार वटा राष्ट्रपतीय निर्वाचन जितेका छन् भने विपक्षीहरू करिब अस्तित्वहीन भएको प्रणालीमा केही समयका लागि प्रधानमन्त्रीका रूपमा काम गरे ।

चीनको एक रेष्टुरेन्टमा आगलागी : चार जनाको मृत्यु

ग्यास आपूर्ति गर्न बंगलादेश र कतारबीच १५ वर्षे सम्झौता

रायनएयरको त्रैमासिक नाफामा ९३ प्रतिशतले कमी

ड्रोन आक्रमणमा परी तीन अमेरिकी सैनिकको मृत्यु

स्लिमको सोर्य प्यानलले नौ दिनपछि पुनः काम गर्न थाल्यो

प्रकाशित मिति : १५ माघ २०८०, सोमबार  ७ : ५९ बजे

छामछुम समिति : रवि जोखिममा, अरु धरापमा

यो आलेख तयार पार्दासम्म सहकारी क्षेत्रको बेथितिमाथि छानविनका लागि संसदीय

नेप्सेमा देखियो समस्या, केहीबेरमा समाधान हुने 

काठमाडौं–नेपाल स्टक एक्चेञ्जमा समस्या देखिएको छ । नेप्से बन्द हुनु

फेरि सर्‍यो प्रतिनिधिसभा बैठक 

काठमाडौं– सत्तापक्ष र प्रतिपक्षबीच सहकारी ठगी प्रकरण छानबिनका लागि गठन

प्रधानमन्त्रीको विश्वासको मत रोक्न माग गर्दै सर्वोच्च पुगे उपेन्द्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले

राष्ट्रिय सभा बैठक बस्दै नबसी स्थगित 

काठमाडौं– संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभा बैठक स्थगित भएको