कुर्सीको बसाइले हाड जोर्नी दुख्यो ? चिकित्सक भन्छन्– म्यानुअल थेरापी गराउनुस् « Khabarhub

कुर्सीको बसाइले हाड जोर्नी दुख्यो ? चिकित्सक भन्छन्– म्यानुअल थेरापी गराउनुस्


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

पछिल्लो समय जुनसुकै रोगको उपचार तथा सर्जरीमा फिजियो थेरापीको प्रयोग हुने गरेको छ । फिजियो थेरापी अन्तर्गत नै पर्ने म्यानुअल थेरापी पनि अहिले प्रभावकारी भइरहेको छ ।

यस पद्धतिबाट कम समयमै दुखाइ कम गर्न सकिन्छ । कतिपय केसमा पेन किलर भन्दा यसले छिटो काम गर्दछ । साथै यसले हड्डी खिइने समस्यालाई पनि रोकथाम गर्ने चिकित्सकहरू बताउँछन् । म्यानुअल थेरापी कस्तो थेरापी हो ? कस्ता बिरामीमा यो थेरापी गरिन्छ ? यसको उपचार पद्धति कति लामो छ ? भन्ने विषयमा मांसपेशी तथा हाडजोर्नी विशेषज्ञ डाक्टर प्रतिभा अधिकारीसँग गरिएको कुराकानी–

म्यानुअल थेरापी कस्तो थेरापी हो ?
यो फिजियो थेरापीकै एउटा पाटो हो । जुन कुनै पनि औजारको प्रयोग नगरी हातको माध्यमबाट गरिन्छ ।

कस्ता बिरामीमा यो थेरापी गरिन्छ ?
कुनैपनि सर्जरी गर्नुपर्ने बिरामीहरूलाई सर्जरी गर्नुभन्दा पहिले म्यानुअल थेरापी गर्नुपर्ने हुन्छ । त्यस्तै जोर्नी दुखाई, लामो समयदेखि कुर्सीमा बसेर काम गर्ने दुखाई लगायतका अवस्थामा यो थेरापी एकदमै प्रभावकारी हुन्छ ।

पछिल्लो समय विभिन्न थेरापीप्रति आकर्षण बढ्दो छ, म्यानुअल थेरापी कतिको प्रभावकारी छ ?
धेरै नै प्रभावकारी छ । अन्य थेरापी भन्दा यो थेरापीको परिणाम छिटो आउँछ । जस्तै सामान्य दुखाइ १५–२० मिनेटकै मसाजमा निको भएर जान्छ । त्यस्तै पूर्णतया हातको पद्धतिबाट गरिने भएकाले पनि यो पछिल्लो समय निकै प्रभावकारी भइरहेको छ ।

तपाईँकहाँ अहिले कस्ताकस्ता समस्या लिएर बिरामी आउने गरेका छन् ?
लामो समय कुर्सीमा बसेर उमेर अगाडि नै जोर्नीहरूको दुखाई हुने समस्या लिएर धेरै बिरामीहरू आउने गरेका छन् । उनीहरूबाट सकारात्मक प्रतिक्रिया नै पाइरहेका छौँ ।

कुन उमेर समुहलाई यसको आवश्यकता पर्छ ?
बढ्दो उमेरसँगै हातखुट्टाका जोर्नीहरू दुख्ने समस्या आउँछ । त्यो अवस्थामा यसको आवश्यकता पर्छ । त्यस्तै अहिलेको खानपान र जीवनशैलीले २० देखि ५० वर्षसम्मका व्यक्तिहरूले यो थेरापी गराउने गरेका छन् ।

म्यानुअल थेरापी गराउनेमा महिला वा पुरुष कस्को संख्या धेरै छ ?
म्यानुअल थेरापी गराउनेमा महिला भन्दा पुरुषको संख्या धेरै छ । कामको आधारमा भन्नुपर्दा लामो समय कुर्सीमा बसेर काम गर्नुपर्ने भएकाले जोर्नीहरूमा दुखाई हुन्छ । उसो त कामकाजी महिलाहरूमा पनि यो समस्या देखिरहेको हुन्छ । तर महिलाहरूमा यो सँगै अन्य समस्या पनि देखिन्छन् । पुरुषहरूमा म्यानुअल थेरापी नै गर्नुपर्ने खालका समस्या देखिने भएका कारण यो थेरापी पुरुषका लागि अझ प्रभावकारी छ ।

यसको उपचार पद्धति कति लामो छ ?
म्यानुअल थेरापी कम्तिमा पनि २० दिनसम्म प्रत्येक दिन २० देखि २५ मिनेटसम्म गराउनुपर्छ । यत्तिले पनि केही मात्रामा त निको भएर जान्छ । यदि निको भएन भने केही दिनको फरक समय समयमा गराइराख्नु पर्छ ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : ५८ बजे

पत्रकार विनोद ढकाल पक्राउ : अनुसन्धानका लागि सुनसरी पठाइने

काठमाडौँ – पत्रकार विनोद ढकाललाई प्रहरीले पक्राउ गरेको छ। उनलाई

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्वर्णिम वाग्ले रास्वपाको खुला उपसभापतिमा निर्विरोध

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को खुला उपसभापतिमा अर्थमन्त्री स्वर्णिम

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक