वाफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र जोर्डन भिड्ने | Khabarhub Khabarhub

वाफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र जोर्डन भिड्ने


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


11.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पश्चिम एशियाली फुटबल फेडेरेसन (वाफ) च्याम्पियनसिपको फाइनलमा आज नेपाल र जोर्डनबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल साउदी अरेबियाको जेहादस्थित प्रिन्स अब्दुल्लाह अल फैजल स्पोर्ट्स सिटी स्टेडियममा नेपाली समय अनुसार राती पौने १० बजे सुरु हुनेछ ।

नेपाल सेमिफाइनलमा लेबनानलाई २–१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने जोर्डनले प्यालेस्टाइनलाई हराएको थियो ।

तुलनात्मक रुपमा नेपाल भन्दा जोर्डन बलियो टिम मानिन्छ । जोर्डन फिफाको महिला फुटबलको वरियतामा ७४औँ स्थानमा रहेको छ ।

जोर्डन वाफ च्याम्पियनसिपको डिफेन्डिङ च्याम्पियन समेत हो । जोर्डनले अहिलेसम्म सबैभन्दा बढी पाँच पटक वाफको उपाधि जितेको छ ।

यता, नेपाल भने फिफा महिला फुटबलको वरियतामा १०५औँ स्थानमा रहेको छ । यस प्रतियोगितामा नेपाल भने आमन्त्रित टिमको रुपमा पहिलो पटक सहभागिता जनाइरहेको छ । पहिलो पटक खेलमा सहभागिता जनाउँदा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ ।

यसैबीच, सावित्रा भण्डारी साम्बाले आजको फाइनल खेल नखेल्ने भएकी छिन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रा फ्रेन्च क्लब इभी गुइन गाम्पसँगको सम्झौताका कारण फाइनल खेलमा उपलब्ध नहुने भएकी हुन् ।

 

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ७ : १७ बजे

इलाम २ मा डम्बर र सुहाङको मतान्तर २८ मा झर्‍यो

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत फाकफोकथुम गाउँपालिका १, २

मासिक ६० लाख अफगानीलाई विश्व खाद्य कार्यक्रमद्वारा सहयोग

काबुल– अफगानिस्तान मानवीय संकटसँग लडिरहेको बेला विश्व खाद्य कार्यक्रमले त्यहाँ

फाकफोकथुमको रस्साकसी : कांग्रेस र एमालेलाई पुरानो जनमत जोगाउन हम्मे

इलाम – नेपाली कांग्रेस र नेकपा एमाले दुबैको समानान्तर शक्ति

बझाङमा एमालेको अग्रता यथावत, कांग्रेसलाई माओवादीले उछिन्यो

  बझाङ–बझाङ प्रदेश सभा १ को जारी मतगणनामा नेकपा एमालेका

सर्लाहीका आठ लाख बढीलाई हात्तीपाईलेविरुद्धको औषधि खुवाइने

बरहथवा– राष्ट्रिय अभियान अन्तरगत सर्लाहीमा पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि