अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री  | Khabarhub Khabarhub

अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री 


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

अछाम – जिल्ला अस्पताल अछामले सञ्चालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री वितरण भएको पाइएको छ । 

अस्पतालमा निःशुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि भेटाएको हो ।

जिल्ला स्तरीय अनुगमन टोलीले मंगलबार अनुगमन गर्दा विभिन्न १२ प्रकारका म्याद नाघेका औषधि भेटाएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगद्वारा बेच्न राखेका म्याद नाघेका औषधि अनुगमन टोलीले जफत गरेको हो ।

अनुगमनका क्रममा सन्सक्रिन लोसन ३८ पिस, सेटाफिल ६ पिस, क्लिडाजाइसिन २६ बक्स, टरबिनाफिन २५ बक्स, एमोसिसलिन प्लस वाक्सिन २० बोतल, विकाकोडिल ३१ स्ट्रिप, गोभापेन्टिन १ बक्स भेटिएको छ । त्यस्तै रोजाभास्टिन ८५ स्ट्रिप, प्रिबायोटिक १ बोतल, एल्लोप्राजोलस्ट्रिप, अल्प्राजोलन साढे १६ स्ट्रिपस्टालोप्राम साढे १६ स्ट्रिप औषधिको म्याद नाघेको भेटिएको हो ।

सरकारी अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि बेच्ने गरेको सूचनाको आधारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विकले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  २ : ३५ बजे

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

माछा मार्ने क्रममा पानीमा डुबेर एक जनाको मृत्यु

झापा – झापाको गौरीगञ्ज गाउँपालिका–१ महाभारामा आज दिउँसो माछा मार्ने

अझै हटेन पशुचौपाया छाड्ने प्रवृति

कैलाली – कैलालीमा पशुचौपाया छाडा छाड्ने प्रवृति अझै हट्न सकेको

खर्च नियम उल्लङ्घन गरेको आरोपमा इयुद्वारा फ्रान्सविरुद्ध कारबाही

ब्रसेल्स – फ्रान्स, इटाली र युरोपेली सङ्घ (इयु) ब्लकका अन्य

पाँच वर्षपछि लिबियामा भारतीय राजदूतावास पुनः स्थापना

काठमाडौं – भारतले उत्तर अफ्रिकी मुलुक लिबियामा आफ्नो राजदूतावास पुनः