अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री  « Khabarhub

अस्पतालकै फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री 


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

अछाम – जिल्ला अस्पताल अछामले सञ्चालन गरेको फार्मेसीबाट म्याद नाघेका औषधि बिक्री वितरण भएको पाइएको छ । 

अस्पतालमा निःशुल्क पाइने औषधि बाहेकका अन्य औषधि बिक्रीका लागि अस्पतालले सञ्चालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि भेटाएको हो ।

जिल्ला स्तरीय अनुगमन टोलीले मंगलबार अनुगमन गर्दा विभिन्न १२ प्रकारका म्याद नाघेका औषधि भेटाएको हो । जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय र स्वास्थ्य कार्यालय अछामको प्राविधिक सहयोगद्वारा बेच्न राखेका म्याद नाघेका औषधि अनुगमन टोलीले जफत गरेको हो ।

अनुगमनका क्रममा सन्सक्रिन लोसन ३८ पिस, सेटाफिल ६ पिस, क्लिडाजाइसिन २६ बक्स, टरबिनाफिन २५ बक्स, एमोसिसलिन प्लस वाक्सिन २० बोतल, विकाकोडिल ३१ स्ट्रिप, गोभापेन्टिन १ बक्स भेटिएको छ । त्यस्तै रोजाभास्टिन ८५ स्ट्रिप, प्रिबायोटिक १ बोतल, एल्लोप्राजोलस्ट्रिप, अल्प्राजोलन साढे १६ स्ट्रिपस्टालोप्राम साढे १६ स्ट्रिप औषधिको म्याद नाघेको भेटिएको हो ।

सरकारी अस्पतालले संचालन गरेको फार्मेसीमा म्याद नाघेका औषधि बेच्ने गरेको सूचनाको आधारमा अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत सन्तोष विकले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  २ : ३५ बजे

‘कल बाइसपास’मा संलग्न चार जना पक्राउ

काठमाडौं– अवैधरूपमा अन्तरराष्ट्रिय कल बाइपास (भिओआइपी) मा संलग्न चारजना पक्राउ परेका

स्थानीयवासीलाई जलविद्युतको सेयर अंकित मूल्यमै दिन इप्पानको माग

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले जलविद्युत आयोजनाबाट

सुस्तामा फेरि पस्यो ठूलो संख्याामा भारतीय फौज, नेपाली भूमिमा बनिरहेको बाँध भत्काइदियो

बुटवल- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी)

स्रोत नखुलेको भारतीय रकमसहित दुईजना नियन्त्रणमा

वीरगञ्ज– प्रहरीले स्रोत नखुलेको भारतीय रकमसहित दुई जनालाई नियन्त्रणमा लिएको छ

गोलबजारमा विध्वंशको यो रूप, कयौँ भवन खण्डहर (तस्बिरहरू)

काठमाडौं– सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा उत्पन्न तनाव साउन १४