कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम  « Khabarhub

कुश्माका सामुदायिक विद्यालयमा ‘स्मार्ट स्कुल’ कार्यक्रम 


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

पर्वत– सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पर्वतको कुश्मा नगरपालिकाले ‘स्मार्ट स्कुल’ कार्यक्रम सुरु गरेको छ । 

शिक्षक तथा विद्यार्थीलाई आधुनिक प्रविधिसँग जोड्नका लागि पहिलो चरणमा १३ वटा विद्यालयमा यो कार्यक्रम थालिएको हो । कार्यक्रम लागू भएका विद्यालयका हरेक क्रियाकलापलाई ‘डिजिटल’ रूपमा व्यवस्थापन गर्नका लागि ‘कोड लजिक टेक्नोलोजिज’ ले तयार पारेको ‘स्मार्ट स्कुल’ ‘एप्लिकेशन’ को प्रयोगलाई विस्तार गरिएको नगरपालिकाले जनाएको छ । 

कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद तिवारीका अनुसार शिवालय माध्यमिक विद्यालय कुश्मा, पाङधैरेनी माध्यमिक विद्यालय पाङ्मा, नारायण माध्यमिक विद्यालय कुश्मा, शिवालय माध्यमिक विद्यालय कुश्मा, सार्वजनिक माध्यमिक विद्यालय कटुवाचौपारी, जनक माध्यमिक विद्यालय थुम, काफलचौर माध्यमिक विद्यालय दुर्लुङमा यो कार्यक्रम लागू गरिएको हो । 

यसैगरी नुवार सुवेदीथर माध्यमिक विद्यालय पाङ, कालिका माध्यमिक विद्यालय खुर्कोट, मङ्गलोदय माध्यमिक विद्यालय चुवा, जनता सुदर्शन माध्यमिक विद्यालय ठूलीपोखरी, पञ्चाकोशी माध्यमिक विद्यालय आर्थरविश्वज्योति माध्यमिक विद्यालय शिल्मीमा कार्यक्रम लागू गरिएको हो । 

तिवारीका अनुसार गत आर्थिक वर्षमा शिवालय माध्यमिक विद्यालय कुश्मा र  पाङधैरेनी माध्यमिक विद्यालय पाङमा परीक्षणको रूपमा कार्यक्रम लागू गरिएकोमा यस वर्ष थप ११ विद्यालयमा कार्यक्रम लगेर १३ विद्यालयलाई प्रविधिमैत्री बनाइएको तिवारीको भनाइ छ । 

यस वर्ष झण्डै रु पाँच लाखको लागतमा ११ वटा विद्यालयमा लागू गरिएको विद्यालय ‘सफ्टवेयर’लाई विद्यालयहरूले प्रभावकारीरूपमा प्रयोग गर्दै विद्यालयलाई प्रविधिमैत्री बनाएमा आगामी वर्षमा निरन्तरताका लागि आवश्यक पर्ने बजेटमा सघाउन सकिने नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदीले जानकारी दिए। परीक्षणको रूपमा लागू गरिएका विद्यालयबाट सकारात्मक प्रतिक्रिया आएको र ती विद्यालयमा काम गर्नसमेत सहज भएपछि अन्य विद्यालयको मागअनुसार यस वर्ष धेरै विद्यालयमा योजना लागू गरिएको सुवेदीले बताए। 

कुश्माको पहिलो नगरसभाले शिक्षाका लागि रु एक करोड ४० लाख विनियोजन गरेको थियो । पछि विस्तारै बजेट घट्दै गएकाले विद्यालयको मागअनुसार कार्यक्रम गर्न नसकिएको उनको भनाइ छ । अहिले रु ३० लाख बजेट रहेको छ । रकम अभाव भएकै कारण चाहेर पनि अरू विद्यालयमा यस वर्ष सहयोग गर्न नसकिने उनको भनाइ छ । 

कुश्मा नगरपालिकाका सामाजिक विकास समितिका संयोजक ईश्वर गिरीका अनुसार करिब रु पाँच लाखको लागतमा नयाँ विद्यालयमा ‘सफ्टवेयर’ राखिएको हो । यसबाट विद्यार्थीको व्यवस्थापन तथा तथ्यांक, शिक्षक तथा कर्मचारीको तथ्यांक, परीक्षा सञ्चालन, लेखा प्रणालीको व्यवस्थापन, विद्यालयमा रहेका पूर्वाधारको एकीकृत तथ्यांक, भर्चुअलरूपमा सञ्चालन गरिने कक्षालगायतका विशेषता रहेकाले विद्यालयले यसबाट धेरै फाइदा लिन सक्ने उनको भनाइ छ । 

सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएका बेला प्रविधिमैत्री बनाउँदा विद्यार्थीको आकर्षण बढ्ने र शिक्षकलाई पनि गुणस्तरीय शिक्षा दिन सहज हुने शिक्षक दामोदर पौडेलले बताए ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  २ : ४५ बजे

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन

ताप्लेजुङ – पाथीभरामा फागुन महिनामा ३१ लाखभन्दा बढी भेटी सङकलन

बैंकको ब्याजदर घट्योः एनएमबी र एनआईसी एसियासहित ५ बैंकको ब्याज सबैभन्दा धेरै

काठमाडौँ – वाणिज्य बैंकले चैत महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक

बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सर्लाही– लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको

साभुङ–देउराली–केलादीघाट मार्गको ठेक्का सम्झौता अन्त्य

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकाभित्र पर्ने साभुङ–देउराली–केलादीघाट (कृष्ण मोटर मार्ग) खण्डको

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु

काठमाडौँ– ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिता : तीनै तहका सरकार र