भिभो भि३० को प्रतिक्षा गर्नुको प्रमुख कारणहरु « Khabarhub

भिभो भि३० को प्रतिक्षा गर्नुको प्रमुख कारणहरु


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भिभोले रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्ड ब्रेकिंग टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता लिएको कम्पनीले जनाएको छ ।

 भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको क्षणहरू कैद गर्न मात्र नभई ती क्षणहरुलाई जिवनभरका लागि जिवन्त राख्ने लक्ष्य राखेको छ ।

भिभो भि३० ले भि सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको जनाए । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो। भि३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ । 

साथमा थ्रीडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्र्माटफोनको अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।

नयाँ प्रविधिको साथमा भिभोले प्रयोगकर्ताहरूको आवश्यकताहरू पुरा गर्दै गएको छ । भिभो प्रयोगकर्ताहरू माझ चर्चित औरा लाइटको साथमा भिभोले उक्त प्रतिबद्धतालाई जारी राखेको छ । 

भि ३०मा रहेको औरा लाइटले सामान्य फ्ल्यास भन्दा ठूलो र नरम फिल लाइट प्रदान गर्ने कम्पनीले जनाए । साथमा यसको पुरानो भरजनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ । भि३०मा रहेको डिस्टान्स सेन्सिटिभ लाइटिङले क्यामेराबाट सब्जेक्टको दूरी अनुसार बुद्धिमानी रूपमा लाइटलाई समायोजन गर्दछ । अपग्रेड गरिएको औरा लाइट पोर्ट्रेट फिचरले आकर्षक पोर्टे«टहरु प्रदान गर्नेछ ।

पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलाई सम्बोधन गर्दै भि ३०ले वाइड–एंगल क्यामेरालाई अपग्रेड गरेको कम्पनीले जनाए। भि ३० मा रहेको ५० एमपीएएफ अल्ट्रा वाइड–एंगल क्यामेरा फिचरले परिवार र साथीसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्नेछ ।

प्रभावशाली क्यामेरा बाहेक भि३० मा आकर्षक ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ । साथमा यसको ठूलो ब्याट्री क्षमताले प्रयोगकर्तालाई जीवनका सबै क्षणहरू कैद गर्ने क्षमता प्रदान गर्नेछ। भि ३० फोन मात्र नभई दैनिक जीवनको भरपर्दो साथी बन्नेछ. भिभो भि ३० ले आधिकारिक लन्च हुनु अगावै नै ग्राहक माझ निकै उत्साह पैदा गरिसकेको छ। 

भि ३० ले फ्ल्यागशिप भि सिरिजमा उत्कृष्ट एडिसन भई स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ५ : २८ बजे

साउदीलाई अमेरिकाले ४८ एफ-३५ लडाकु विमान दिने, दुई देशबीच २४ अर्ब डलरको सम्झौता

वासिङ्टन डीसी/रियाद- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरबलाई ४८ वटा

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी– इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा धनकुटा

कोरियाली राजदूत र सञ्चारमन्त्रीबीच भेट, नेपाल–कोरिया सम्बन्धबारे छलफल

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र

वडाको कार्यक्रम रोकिँदैन, क्षेत्रीय अधिवेशनसम्म पार्टी एकता प्रयास भइरहन्छ : मीन विश्वकर्मा

काठमाडौं- नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले शनिबारबाट सुरू हुने वडा

अर्जुनधारा नगरपालिकाले बनायो ६२ स्थानीय कानुन

भद्रपुर– अर्जुनधारा नगरपालिकाले सेवा प्रवाह र कार्यसम्पादनलाई व्यवस्थित गर्न पहिलो