उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट | Khabarhub Khabarhub

उपराष्ट्रपति यादवसँग बंगलादेशका राजदूतको भेट


१७ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन् ।
उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । 

उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुसी व्यक्त गर्दै  उपराष्ट्रपतिले व्यापार विस्तार एवं विविधीकरण गर्ने प्रचुर सम्भावना रहेको बताए । 

“तेस्रो देशसँगको व्यापारका लागि चटगाउँ र मोङ्ला बन्दरगाह हुँदै नेपाललाई पारवहन सुविधा उपलब्ध गराएकामा बङ्गलादेश सरकारलाई धन्यवाद दिन चाहन्छु ” उनले भने, ‘रोहनपुर–सिंहाबाद रेलमार्गको शीघ्र सञ्चालन गरी यी समुद्री बन्दरगाहबाट पारवहन सहयोग प्रवद्र्धन गर्न महत्वपूर्ण हुनेछ ।”

उपराष्ट्रपति यादवले नेपालको जलविद्युत् क्षमता र बङ्गलादेशको बढ्दो ऊर्जा आवश्यकताले दुई देशबीच ऊर्जा सहयोग अभिवृद्धि गर्ने पर्याप्त अवसरहरू प्रदान गरेको बताए  । 

उनले ऊर्जा क्षेत्रमा बङ्गलादेशको लगानीलाई नेपालले स्वागत गरेको जनाउँदै नेपालको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट ५०० मेगावाट बिजुली आयात गर्न बङ्गलादेश र भारतको जीएमआरबीच भइरहेको वार्ता र सुनकोशी–३ आयोजनामा संयुक्त लगानीसम्बन्धी बङ्गलादेशको प्रस्ताव उत्साहजनक रहेको  बताए । 

“म विश्वस्त छु कि यी परियोजनाहरूको कार्यान्वयन नेपाल र बङ्गलादेश दुवैका लागि पारस्परिक रूपमा लाभदायक हुनेछ, ” उनले भने, “नेपाल र बङ्गलादेशमा प्राकृतिक सौन्दर्य, समृद्ध सभ्यता र सांस्कृतिक सम्पदा, साहसिक खेलकुद र जैविक विविधता देखाउने लोकप्रिय धेरै पर्यटकीय गन्तव्य छन् । बङ्गलादेश नेपालका लागि पर्यटकको महत्वपूर्ण स्रोत देश पनि हो ।”

“म हाम्रा दुई देशबीच सांस्कृतिक सहयोग र  जनताबीचका सम्पर्क प्रवर्द्धन गर्न जनवरी १९७८ मा भएको सांस्कृतिक सम्झौताको स्मरण गर्न चाहन्छु ” नेपाल र बङ्गलादेशबीच घनिष्ट सांस्कृतिक सम्बन्ध र जनस्तरका सम्पर्कहरू रहेको बताउँदै उपराष्ट्रपति यादवले भने, “ सन् १९७६ अप्रिलमा हाम्रा दुई देशबीच हस्ताक्षर भएको प्राविधिक सहयोग सम्झौताअन्तर्गत नेपाली विद्यार्थीहरूलाई वार्षिक २२ छात्रवृत्ति ९१९ एमबीबीएस र ३ बीडीएस० उपलब्ध गराएकोमा म बङ्गलादेश सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले नेपाल र बङ्गलादेशले सार्क, बिमस्टेक, संयुक्त राष्ट्र सङ्घ, असंलग्न आन्दोलन, जी ७७ र चीनलगायत क्षेत्रीय तथा अन्तरराष्ट्रिय मञ्चहरूमा पारस्परिक हितका विषयमा सहकार्य गर्दै आएकोमा खुसी व्यक्त गर्नुभयो । “हाम्रा दुई देशले संयुक्त राष्ट्रसङ्घ र विभिन्न अन्तरराष्ट्रिय संस्थाहरूमा एकअर्काको उम्मेदवारीलाई समर्थन गरिरहेका छन् । आगामी दिनमा पनि यो सहकार्य जारी रहने विश्वास लिएको छु ” उनले भने, “एक मित्रराष्ट्रका नाताले नेपालले बङ्गलादेशसँगको सम्बन्धलाई उच्च महत्व दिन्छ । आगामी दिनहरूमा हाम्रा दुई देश र जनताबीचको सम्बन्ध अझ प्रगाढ हुनेमा म विश्वस्त छु ।”

राजदूत चौधरीले नेपाल र बङ्गलादेशबीचको सम्बन्ध व्यापार, पर्यटन, शिक्षा र ऊर्जालगायत क्षेत्रमा आधारित रहेको उल्लेख गर्दै हरेक वर्ष तीस हजार बङ्गलादेशी पर्यटक नेपाल आउने गरेका बताए ।

 बङ्गलादेशले नेपाली विद्यार्थीका लागि चिकित्सा शास्त्रलगायत विषयमा छात्रवृत्ति उपलब्ध गराउँदै आएको उल्लेख गर्दै उनले भने, “हरेक वर्ष छात्रवृत्तिसँंगै आफ्नै खर्चमा  पाँच सय देखि छ सय विद्यार्थी बङ्गलादेशमा एमबीबीएस गर्न जान्छन् । 

हाल बङ्गलादेशमा चार हजारदेखि पाँच हजार नेपाली विद्यार्थी अध्ययनरत छन्, ”राजदूत चौधरीले हाल नेपाल र बङ्गलादेशबीच १० करोड अमेरिकी डलरको व्यापार हुनेगरेको जनाउँदै ४० मेगावाट विद्युत्का लागि दुई देशबीच केही दिनभित्रै सम्झौता हुने बताए।

प्रकाशित मिति : १७ फाल्गुन २०८०, बिहीबार  ६ : १८ बजे

‘सरकारले विचौलिया तत्वको स्वार्थमा काम गर्दा जनता निराश’ 

रोल्पा– नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले गठन

चितवनमा रगतको अभाव, रक्तदान गर्न दाताहरूलाई आग्रह

चितवन– जिल्लामा रगतको अभाव भएको छ । चाडपर्वका कारण रक्तदान

आरएसडिसी लघुवित्तले १० प्रतिशत बोनस दिने 

काठमाडौं– आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८०–०८१ को

बिजुलीको झिलीमिलीले ओझेलमा माटोका पाला

जलेश्वर– बिजुलीको झिलीमिलीमा स्थानीय रमाउन थालेपछि तराईमा तिहार र छठका

बुद्धमाई अस्पताललाई एक लाख जरिवाना

काठमाडौ‌ं– काठमाडौँ महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरवाही गरेको