बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने « Khabarhub

बागमतीका मुख्यमन्त्री जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


852
Shares
  • change font
  • change font
  • change font

हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले चैत १९ मा विश्वासको मत लिने भएका छन् ।

शुक्रबार विश्वासको मत लिनेसम्बन्धी प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता भएको हो ।

गत फागुन २३ मा नेपाली कांग्रेसले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान रहेको छ ।

११० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ५६ मत आवश्यक रहेको छ । बिहीबार नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीबीच सहमति भएपछि मुख्यमन्त्रीले आवश्यक बहुमत पाउने देखिएको छ ।

तर हाम्रो नेपाली पार्टी (हानेपा) सरकारमा सामेल भएको विषय विवादित बनेपछि सरकारले विश्वासको मत पाउनेमा थप अन्योलता भने बढेको छ । हनेपाका अध्यक्ष अनन्तराज घिमिरेले पार्टी निर्णयविरुद्ध गएका भन्दै संकृति, पर्यटन तथा सहकारी मन्त्रीमा नियुक्त भएका शैलेन्द्रमान बज्राचार्यलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

बागमतीमा एमालेको २७, माओवादी केन्द्रको २१, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  १२ : ५२ बजे

कानुन संसोधन गरेर लगानीमैत्री वातावरण बनाउँछौँ : मन्त्री गौतम

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन संसोधन

ओलीले भने- एमालेविरुद्धको घेराबन्दी जारी छ, दमन भए आन्दोलनमा उत्रिनुपर्छ

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्धको घेराबन्दी अझै

नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन

काठमाडौँ – नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको

मतदाता सूचीबाट नाम हटाइएको विरोधमा भारतमा विपक्षी दलको प्रदर्शन

नयाँ दिल्ली- मतदाता सूचीबाट ठूलो सङ्ख्यामा नाम हटाएर प्रधानमन्त्री नरेन्द्र मोदीको

३९ वर्ष पुरानो ज्याकेट अझै फिट, ‘मिस्टर इन्डिया’ को पहिरनमा देखिए अनिल कपूर

काठमाडौं– बलिउडमा समयसँगै कलाकारको रूप फेरिन्छ, फेसन बदलिन्छ र पुराना