परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र « Khabarhub

परीक्षा बोर्डले रद्द गर्‍यो एसईईको अनुगमन अनुमतिपत्र


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


570
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) सम्बन्धमा जारी गरिएका अनुगमन अनुमतिपत्र रद्द गरेको छ ।

आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्ति विभिन्न परीक्षा केन्द्रहरूमा गएका कारण परीक्षा दिने विद्यार्थीको लेखन कार्यमा असुविधा भएको गुनासा आएकोले प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको बोर्डले जनाएको छ ।

आज एक विज्ञप्ति जारी गर्दै बोर्डले भनेको छ, ‘अनुगमनका लागि खटिनु पर्ने आधिकारिक व्यक्तिहरू बाहेकका अन्य व्यक्तिहरू विभिन्न परीक्षा केन्द्रहरूमा गएको कारणबाट परीक्षार्थीहरूको लेखन कार्यमा असुविधा भएको भनी केही जिल्लाका केन्द्रहरूबाट गुनासा प्राप्त भएको विषयमा राष्ट्रिय परीक्षा बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ । प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति र जिल्ला परीक्षा समन्वय समितिसमेतका आधिकारिक पदाधिकारीहरू बाहेकका अन्य व्यक्तिहरूका लागि प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समिति तथा जिल्ला परीक्षा समन्वय समितिबाट अनुगमनका लागि वितरण गरिएका अनुमतिपत्र रद्द गरिएको छ । ’

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ३ : २२ बजे

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

पर्सा – स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई

कांग्रेसभित्रको किचलोबारे राष्ट्रपतिको चासो

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आफू राज्यको सर्वोच्च पदमा बसेकाले पार्टीको

जनताको घरदैलोमा स्वास्थ्य सेवा पुर्‍याउँदै सेना

जनकपुरधाम- मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले नेपाल सेनाले

मङ्सिर १३ देखि तारकेश्वरमा ‘चौथो मेयर रनिङ शिल्ड’

काठमाडौं – यहाँँको तारकेश्वर नगरपालिकामा चौथो मेयर रनिङ शिल्ड प्रतियोगिता

आशा गरेकै ब्याटरले राम्रो नखेल्दा हार्‍यौंः कर्णालीका प्रशिक्षक बस्न्यात

काठमाडौँ- कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले