त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने « Khabarhub

त्रिविले नेपाली र अङ्ग्रेजी दुवै भाषामा प्रश्नपत्र बनाउने


१६ चैत्र २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


426
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अङ्ग्रेजी र नेपाली दुवै भाषामा प्रश्नपत्र बनाउने भएको छ ।

बिहीबार बसेकोत्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा बनाउने निर्णय गरेको हो ।

बैठकले आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको समेत जनाएको छ ।

‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरू तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षादेखि नै अनिवार्य रूपमा लागू गरी क्रमशः दोस्रो तेस्रो र चौथो वर्षमा समेत लागू गर्ने निर्णय गरेको बेहोरा यसै सूचनाबाट जानकारी गराइन्छ’ त्रिविले शुक्रबार जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार  ९ : ३२ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच