भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते « Khabarhub

भारतमा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु, २३ घाइते


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– भारतको छत्तीसगढस्थित बेमेटारामा सवारी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । घटनामा २३ जना घाइते भएका छन् ।

पार्किङ गरिएको ट्रकलाई पिकअपले ठक्कर दिएपछि दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

सञ्चारमाध्यमका अनुसार मृत्यु हुनेमा ५ महिला र ३ बालबालिका रहेका छन् । उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।

भारतीय प्रहरीका अनुसार घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई रायपुर एम्समा रिफर गरिएको छ ।

प्राप्त जानकारी अनुसार पिकअपमा ४०–५० जना सवार रहेका थिए । घटनाबारे भारतीय प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ४२ बजे

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र

दाङको विजौरी–कोठेरी सडक स्तरोन्नति गरिँदै

दाङ– दाङको विजौरीदेखि कोठरीसम्मको सडक स्तरोन्नतिको काम भइरहेको छ ।

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई भव्य र सभ्य बनाइने

कर्णाली– कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद

सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण