किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत « Khabarhub

किरात धर्मगुरुको वडामा मुढालाई एकलौटी मत


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.7k
Shares
  • change font
  • change font
  • change font

इलाम- इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनअन्तर्गत अहिले माङ्सेबुङ गाउँपालिकाको मतगणना जारी छ ।

ताजा अवस्थामा माङ्सेबुङ वडा नम्बर ५ को मतगणना सकिएको छ ।

यो वडामा प्रसिद्ध किरात धार्मिकस्थल र किरात धर्मगुरु आत्मानन्द लिङ्देनको बसोबास पनि छ ।

जहाँ भर्खरै सम्पन्न मतगणनाअनुसार माङ्सेबुङ वडा नम्बर ५ मा मुढा चुनाव चिह्न लिएका स्वतन्त्र उम्मेदवार डकेन्द्र थेगिमलाई एकलौटी मत झरेको छ ।

माङ्सेबुङ-५ मा थेगिमलाई एकलौटी अर्थात् १०३७ मत खसेको हो ।

यहाँ दोस्रो मत नेकपा एमालेका सुहाङ नेम्बाङलाई खसेको छ । उनको पक्षमा ६८ मत आउँदा नेपाली कांग्रेसका डम्बर खड्कालाई ४७ मत परेको छ ।

माङ्सेबुङ -५ को परिणाम
मुढा-१०३७
सूर्य-६८
रुख- ४७
अन्य-२५

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : १७ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको