इलाममा मधेसवादीभन्दा राजावादी पछाडि ! | Khabarhub Khabarhub

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा इलामको उपनिर्वाचनले राजावादीहरुको जनमत थप खुम्चिएको देखिएको छ । रोचक त के छ भने इलाम क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाका उम्मेदवारले भन्दा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारको बढी भोट आएको छ ।

गत ०७९ को चुनावमा राम्रै मत पाएर प्रतिनिनिधिसभामा उपस्थिति जनाएको राप्रपाप्रतिको आकर्षण इलामे जनतामा पहिले भन्दा पनि कम देखिएको छ ।

फाकफोकथुमबाट राप्रपाले २४ मत पायो भने चुलाचुलीबाट १९ मत मात्र पायो । दुईवटा पालिकाबाट राप्रपाका उम्मेदवारले पाएको मत ४३ मात्र छ । जबकि दुई पालिकाबाट सिके राउतको पार्टीका उम्मेदवारले ४९ मत पाएका छन् । राप्रपाले पाएको भोट टिठलाग्दो देखिएको छ ।
राप्रपाले इलाम २ को उपचुनावमा लक्ष्मी गुरुङलाई उठाएको छ ।े

इलाम क्षेत्र नम्बर २ बाट ०७९ मा राप्रपाले समानुपातिकतर्फ ११९१ मत पाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : ५६ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको