इलाममा मधेसवादीभन्दा राजावादी पछाडि ! « Khabarhub

इलाममा मधेसवादीभन्दा राजावादी पछाडि !


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– देशमा राजावादी जनमत बढेको जबजरजस्त भाष्य निर्माण भइरहेको अवस्थामा इलामको उपनिर्वाचनले राजावादीहरुको जनमत थप खुम्चिएको देखिएको छ । रोचक त के छ भने इलाम क्षेत्र नम्बर २ मा भइरहेको मतगणनामा राजेन्द्र लिङदेन नेतृत्वको राप्रपाका उम्मेदवारले भन्दा सिके राउत नेतृत्वको जनमत पार्टीका उम्मेदवारको बढी भोट आएको छ ।

गत ०७९ को चुनावमा राम्रै मत पाएर प्रतिनिनिधिसभामा उपस्थिति जनाएको राप्रपाप्रतिको आकर्षण इलामे जनतामा पहिले भन्दा पनि कम देखिएको छ ।

फाकफोकथुमबाट राप्रपाले २४ मत पायो भने चुलाचुलीबाट १९ मत मात्र पायो । दुईवटा पालिकाबाट राप्रपाका उम्मेदवारले पाएको मत ४३ मात्र छ । जबकि दुई पालिकाबाट सिके राउतको पार्टीका उम्मेदवारले ४९ मत पाएका छन् । राप्रपाले पाएको भोट टिठलाग्दो देखिएको छ ।
राप्रपाले इलाम २ को उपचुनावमा लक्ष्मी गुरुङलाई उठाएको छ ।े

इलाम क्षेत्र नम्बर २ बाट ०७९ मा राप्रपाले समानुपातिकतर्फ ११९१ मत पाएको थियो ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ११ : ५६ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध सडक

देवानगञ्ज घटनामा सरकारलाई राप्रपाको दबाब : निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाही गर्न माग

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

गण्डकी प्रदेशका दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही

काठमाडौं– नापतौल यन्त्रको अनियमित तथा अवैध  प्रयोग गरेका गण्डकी प्रदेशका

‘मिलापत्र’को नाममा थप पीडा दिएको भन्दै सडकमा सहकारी पीडित

काठमाडौं– मिलापत्रका नाममा थप पीडा दिन खोजिएको भन्दै सहकारी पीडितहरूले

त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना समातिए

काठमाडौं- त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र चुहावट प्रकरणमा संलग्न