भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु « Khabarhub

भोजपुरको आमचोकमा जिप दुर्घटना, एक जनाको मृत्यु


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

भोजपुरको आमचोक गाउँपालिका एउटा यात्रुवाहक जिप दुर्घटना हुँदा कम्तीमा पनि एकजनाको मृत्यु भएको छ ।

सोमबार बिहान आमचाेक गाउँपालिका-८ हैखराङमा बालंखाबाट मैयुङटार हिँडेको जिप दुर्घटनामा परेको हो ।

दुर्घटनामा एकजनाकाे घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा ३५ वर्षीया शान्तिकला राईकव घटनास्थान मै मृत्यु भएको हो ।

अहिले उनको शव बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पोस्टमार्टमका लागि राखिएको छ ।

२ जना घाइते भएका बताइए पनि उनीहरूको विवरण खुलिनसकेको प्रहरीले जनाएको छ ।

दुर्घटनाका घाइतेहरूलाई उपचारका लागि धरान लैजान जेटबोट चल्ने स्थान चुहारपुलसम्म लगिँदैछ ।

दुर्घटनामा परेको गाडीमा चालकसहित ९ जना रहेकाे खुलेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १२ : १५ बजे

यूईएफए नेसन्स लिग : नर्वेमाथि पोचुगलको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा पोर्चुगलले नर्वेलाई हराएको छ । गएराति

सलमानजस्तै देखिने सुफयान को हुन् ? बलिउडमा बढ्यो चर्चा

बलिउडमा कलाकारका सन्तान चर्चामा आउनु सामान्यजस्तै हो। कसैले अभिनयमा डेब्यु

कांग्रेस महाधिवेशनमा आजदेखि बन्दसत्र सुरु हुँदै, विभिन्न प्रतिवेदन पेस गरिँदै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ

बाढी पहिरोले म्याग्दीका साढे पाँच सय घरपरिवार प्रभावित

म्याग्दी– यही असोज ८ देखि ११ गतेसम्मको निरन्तरको झरीपछिको बाढी

सीमा क्षेत्रमा सुरक्षा निगरानी बढाउँदै झापा प्रशासन

झापा– सीमावर्ती क्षेत्रमा हुनसक्ने अवैध चोरी–निकासी तथा पैठारी नियन्त्रण र