बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप « Khabarhub

बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई खोप


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

ढोरपाटन– बागलुङमा एक लाख ३१ हजारभन्दा बढी पशुचौपायालाई विभिन्न रोगविरुद्धका खोप लगाइएको छ ।

जिल्लाका १० स्थानीय तहमध्ये छ पालिकामा कुकुर, भैँसी, राँगा, गोरु, बाख्रा र बङ्गुरलगायत एक लाख ३१ हजार पाँच सय ७४ पशुचौपायालाई विभिन्न रोगविरुद्धका खोप लगाइका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए।

संघ, प्रदेश र स्थानीय गरी तीन तहका सरकारसँगको समन्वयमा १० पालिकाका दुई लाख ३५ हजार पशुचौपायामा खोरेत, रेबिज, चर्चरे, भ्यागुते, पीपीआर र स्वाइन फिवरलगायत रोगविरुद्धका खोप लगाउने खोप लगाउने लक्ष्यसहित खोप अभियान सञ्चालन गरिएको सापकोटाको भनाइ छ ।

गत माघबाट सुरू गरिएको अभियानअन्तर्गत हालसम्म ढोरपाटन र जैमिनी नगरपालिका तथा निसीखोला, तमानखोला र बरेङ गाउँपालिका क्षेत्रमा खोप लगाइसकिएका  केन्द्रका पशु स्वास्थ्य अधिकृत केशवराज शर्माले जानकारी दिए ।

तथ्याङ्कअनुसार हालसम्म १८ हजार दुई सय ९६ गोरु र २९ हजार छ सय १५ राँगा भैँसीलाई खोरेत, ६४ हजार दुई सय १७ बाख्रा र १० हजार पाँच सय ३२ भेडालाई पीपीआर, सात सय २८ बङ्गुरलाई स्वाइनफिवर र छ सय ८८ बङ्गुरलाई खोरेतविरुद्धको खोप लगाइएको छ । त्यसै गरी छ पालिकाका सात हजार चार सय ९८ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको पनि शर्माको भनाइ छ ।

हाल गलकोट नगरपालिका र ताराखोला गाउँपालिकामा खोप अभियान सञ्चालन भइरहेका र वैशाख १८ गतेबाट बागलुङ नगरपालिका र काठेखोला गाउँपालिका क्षेत्रका पशुचौपायामा खोप लगाउन सुरू गरिने कार्यालय प्रमुख सापकोटाले जानकारी दिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : ०९ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण