सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान « Khabarhub

सिड्नीमा ‘महाजात्रा’को कीर्तिमान


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रदीप भट्टराईको निर्देशन र लेखन रहेको सुपरहिट चलचित्र ‘महाजात्रा’ले अष्ट्रेलियाको सिड्नीको बढी शोको कीर्तिमान आफ्नो नाममा पारेको छ ।

‘कबड्डी ४’ ले राखेको २९ शो को कीर्तिमानीलाई आइतबार ३५औँ शो सम्पन्न गरी महाजात्राले सो रेकर्ड तोडेको हो ।

सिड्नी वितरक एवं प्रदर्शक रोटेपिङका रोशन भट्टराईका अनुसार फिल्मको माग अझै छ । उनी भन्छन्, ‘सिड्नीमा नेपाली फिल्मले राखेको अघिल्ला सबै रेकर्ड तोडिएको छ । महाजात्राले सिड्नी मात्र नभई अस्ट्रेलियामा अहिलेसम्म बनेको सबै रेकर्ड तोडेर नयाँ इतिहास बनाउने हाम्रो आकलन छ ।’

भट्टराईका अनुसार सिड्नीका अधिकांशभन्दा बढी शो हाउसफुल र बाँकी शोले ९० प्रतिशतभन्दा बढी ‘अकुपेन्सी’ले पाएको उनको भनाइ छ ।

प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको ‘महाजात्रा’ नेपालमा छैटौँ सातामा  प्रदर्शनरत छ । षट्कोण आर्ट्सको ब्यानरमा निर्माण भएको यस चलचित्रले नेपालमा सोह्र करोड बढीको ग्रस कलेक्सन गरिसकेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  १ : २६ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, अमेरिकी डलरको भाउ निरन्तर उकालो

काठमाडौं– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८२ साल पुस १९ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १९ गते शनिबार तदनुसार

आपत्कालीन ढोका खोलेर जसले बचाए बुद्धको जहाजका ५१ यात्रुको ज्यान

काठमाडौं– झापाको भद्रपुर विमानस्थलमा अवतरणका क्रममा शुक्रबार राति बुद्ध एयरको

जाडोयाममा स्वास्थ्य सतर्कता अपनाउन मन्त्रालयको अपिल

काठमाडौं – जाडोयाम सुरु भएसँगै चिसो, कुहिरो, हिमपात लगायतका कारण