हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित) « Khabarhub

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्त्वपूर्ण नभए पनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन्  ।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सबैलाई राम्रोसँग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आफूहरूले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे । समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए । त्यस्तै उनले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिँदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे।

उनले मुलुकको राजनीतिलाई सही दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ३९ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली