हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित) « Khabarhub

हाम्रो नेतृत्वमा सरकार बन्छ कि भनेर कतिपयलाई पोल्न थालेको छ : माधव नेपाल (भिडियाेसहित)


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीका लागि पद महत्त्वपूर्ण नभए पनि सत्तासमीकरणमा सम्मानजनक व्यवहार हुनुपर्ने बताएका छन्  ।

अखिल नेपाल महिला संघ (समाजवादी), काठमाडौँ जिल्ला कमिटीले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले प्रत्येक पार्टीको आ–आफ्नो मर्यादा,सम्मान,स्वाभिमान र चाहना हुने भएकाले सबैलाई राम्रोसँग सन्तुलन गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आफूहरूले अहिले उचित व्यवस्थापन र सम्मान मात्रै खोजेको धारणा राखे । समाजवादी पार्टीको नेतृत्वमा सरकार बन्छ की भनेर कतिपयलाई पोल्ने गरेको उनले बताए । त्यस्तै उनले चार दल सम्मीलित समाजवादी मोर्चा बनेको र जिल्ला तहको कार्यक्रम गर्ने तयारी भएको जानकारी दिँदै मोर्चामा आउन चाहनेलाई स्वागत गर्ने र आउन नचाहनेलाई पनि गाली नगर्ने धारणा राखे।

उनले मुलुकको राजनीतिलाई सही दिशामा लैजान गम्भीरतापूर्वक आवश्यक भूमिका निर्वाह गर्ने जिकिर गरे ।

भिडियोमा हेर्नुहोस् :

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  २ : ३९ बजे

नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता

काठमाडौँ । पूर्वाधार विकास मन्त्रालयले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित

मुग्लिन-नारायणगढ सडकको नाम्सी पुलमा ढुंगा खस्यो, आवागमन एकतर्फी

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डको नाम्सी पुलमा ढुंगाहरू खसेको छ ।

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि असोज १९ मा उमेदवारी दर्ता

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिका उमेदवारहरूको मनोनयन दर्ताको समय

कांग्रेसका उम्मेदवारको प्रचार डिजिटल माध्यमबाट मात्रै

काठमाडौँ । नेपाली कांग्रेसको पन्धौँ महाधिवेशनमा उम्मेदवारहरूले डिजिटल माध्यमबाट मात्रै

उड्डयन सेवालाई सुरक्षित, स्तरीय, भरपर्दो र सर्वसुलभ बनाउन दुई विधेयक संसदमा दर्ता

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणलाई टुक्राउने दुई विधेयक प्रतिनिधिसभामा दर्ता