भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा | Khabarhub Khabarhub

भारत भ्रमण रद्द गरेका एलन मस्क चीनमा, टेस्ला मुख्य मुद्दा


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

विश्वचर्चित उद्योगपति एलन मस्क यतिबेला चीन भ्रमणमा छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कन बेइजिङबाट फर्किएलगत्तै मस्क चीन यात्रामा निस्किएका हुन् ।

रोचक कुरा त के छ भने मस्कले भारत भ्रमण रद्द गरेर चीन यात्रामा निस्किएका हुन् ।

उनको यस भ्रमणको उद्देश्य चीनमा टेस्ला कारको अटो ड्राइभिङ क्षमतालाई अझै बलियो बनाउने विषय रहेको छ ।

मस्क चीनमा फुल सेल्फ ड्राइभिङ (एफएसडी) लाई अझै बलियो बनाउन चाहन्छन् । उनी आफ्नो एल्गोरिदमलाई प्रशिक्षित गर्न अमेरिकामा जुटाइएको डेटालाई विदेशमा सार्न चाहन्छन् । यसो गर्दा एल्गोरिदम तालिमसँगै तयार हुन सकोस् भन्ने उनले चाहेका छन् ।

फुल सेल्फ ड्राइभिङ मोड अमेरिकामा चलनमा आइसकेको छ तर चीनमा अझै पनि त्यसलाई लागु गर्न सकिएको छैन ।

मस्को यो भ्रमण केही दिनअघि अमेरिकामा टेस्लाको अटोनोमस ड्राइभिङ मोडबाट १३ वटा दुर्घटना भएको र जसमा एकजनाको ज्यान गएको पृष्ठभूमिमा भएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार उनले त्यहाँका प्रधानमन्त्री ली कियाङ्गसँगको बैठकमा आफू चीनसँग सहयोग बढाउने पक्षमा रहेको उल्लेख गरेका छन् । त्यसो गर्दा दुवै देशका लागि राम्रो नतिजा आउन सक्ने उनको निष्कर्ष छ ।

चीन टेस्लाको दोस्रो सबैभन्दा ठूलो बजार हो । अन्य कार निर्माता जस्तै गुआंगजोमा मुख्यालय रहेको एक्सपेङ्गले आफ्नो कारमा टेस्लाको जस्तै सेल्फ-ड्राइभिङ राखेर टेस्लालाई कडा टक्कर दिइरहेको छ ।

आइतबार मात्रै मस्कले चीनका कार कम्पनीहरूलाई विश्वका अन्य कम्पनीमा सबैभन्दा प्रतिस्पर्धीको संज्ञा दिएका थिए ।

टेस्लाले चिनियाँ अधिकारीहरूलाई स्थानीय कानुनअनुसार चिनियाँ उपभोक्तालाई सजिलोका लागि संघाईमा एक डेटा सेन्टर स्थापना तयारी गरेको छ ।

एफएसडीलाई टेस्लाका लाखौं ग्राहकहरूको कारबाट सङ्कलन गरिएका भिडियोहरूबाट तालिम दिइएको छ।

टेस्लाको माग बढाउनका लागि चीन र अन्य बजारमा मस्कले आफ्नो कारको मूल्यमा कटौती गरिरहेका छन् ।

यस सालको तीन महिनामा टेस्लाको अटोमोटिभ बिक्रीमा १३ प्रतिशतले गिरावट आएको छ । यसले टेस्लाको बिक्री १७.३ अर्ब डलरबाट गिरेर १३.७ अर्ब डलरमा झरेको छ ।

रोयटर्सको रिपोर्टका अनुसार मस्कले त्यहाँका वरिष्ठ अधिकारीहरूसँग टेस्लाको फुल–सेल्फ ड्राइभिङ (एफएसडी) सफ्टवेयरको रोलआउटबारे छलफल गरेका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ५ : ०३ बजे

आईपीएल : आज सनराइजर्स हैदरावाद र गुजरात खेल्ने

काठमाडौं– इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज सनराइजर्स हैदरावाद र

पार्टी विभाजनको भण्डाफोर गर्न जसपा नेपालको देशभर परिपत्र

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी विभाजनको विषयमा तल्ला

पाल्पामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु, १३ घाइते

पाल्पा– पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा बुधबार साँझ यात्रुवाहक

सरकारको नीति तथा कार्यक्रममा महिलाको मुद्दा कति समेटियो ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार दुबै संसदको संयुक्त सदनमा

गृहमन्त्री लामिछानेबाट त्रिभुवन विमानस्थलमा अनुगमन

काठमाडौं– उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका विभिन्न