‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित) | Khabarhub Khabarhub

‘सिधाकुरा’का प्रकाशक र सम्पादकलाई सर्वोच्चले बयानमा बोलायो (आदेशसहित)

अडियोको अनुसन्धान गर्न प्रहरीलाई निर्देशन


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले ‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेललाई बयानमा बोलाउन आदेश दिएको छ ।

सर्वोच्चले यही वैशाख २० गते ‘सिधाकुरा डटकम’का प्रकाशक कँडेल र कार्यकारी सम्पादक नवीन ढुंगानालाई बयानका लागि बोलाउन आदेश दिएको हो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार उक्त आदेश जारी गरेको हो ।

‘सिधाकुरा डटकम’का प्रकाशक युवराज कँडेलविरुद्ध दर्ता भएको अदालतको अवहेलना मुद्दामा हदैसम्मको सजायको माग गरिएको थियो ।

सर्वोच्चले ‘सिधाकुरा डटकम’ले ‘द डार्क फाइल’का नाममा सार्वजनिक गरेको अडिओको प्राविधिक अनुसन्धान गर्न पनि प्रहरीलाई आदेश दिएको छ ।

‘श्रव्य दृश्यमा उठाइएको विषयवस्तुको सत्यतथ्य तथा प्राविधिक पक्षको समेत विस्तृत अनुसन्धान हुनुपर्ने देखिँदा सोसम्बन्धमा आवश्यक अनुसन्धान गरी प्रचलित फौजदारी कानुन बमोजिम कारबाहीसमेत अगाडि बढाउनू र सोको प्रतिवेदनसहितको जानकारी १५ दिनभित्र महान्यायाधिवक्ता कार्यालयमार्फत यस कार्यालयमा पेस गर्नु भनी प्रहरी महानिरीक्षकलाई लेखी पठाउने’, आदेशमा भनिएको छ ।

प्रसारण स्थगित

यसैबीच ‘सिधाकुरा’ डटकममा प्रकाशित ‘द डार्क फाइल’ श्रृंखलाका समाचारको प्रकाशन र प्रसारण रोकिएको छ ।

प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई उक्त श्रृङ्खलाका प्रकाशित सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको ‘सिधाकुरा’का सम्पादकले सोमबार जनाएका छन् ।

सम्पादकको उक्त निर्णयसँगै उक्त श्रृंखलाका यसअघि प्रसारित-प्रकाशति सामाग्री पनि ‘सिधाकुरा’ले हटाएको छ ।

सर्वोच्चको आदेश

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ६ : ५६ बजे

संविधानको समीक्षा गरेर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजबादी)का अध्यक्ष माधवकुमार

संविधान दिवसमा वृहत शान्ति र्‍याली

काठमाडौं– संविधान दिवसका अवसरमा आज बिहान वृहत शान्ति र्‍यालीको आयोजना

एमाले पार्टी कार्यालयमा संविधान दिवसको शुभकामना कार्यक्रम : को को नेता पुगे ?

काठमाडौं – नेकपा (एमाले)ले संविधान दिवसको अवसरमा पार्टी कार्यालयमा शुभकामना

सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन : केपी ओली

काठमाडौं – निवर्तमान प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा

नारायणगढ-मुग्लिन सडक दुईतर्फी सञ्चालन

मुग्लिन– नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ । जिल्ला प्रहरी