चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी « Khabarhub

चीन र भारतका बजारमा पहुँच पुर्‍याउने अवसर छ : मन्त्री भण्डारी


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपालको भौगोलिक अवस्थितिले यहाँ उत्पादित वस्तु तथा सेवा छिमेकी दुई ठूला मुलुक चीन र भारतका बजारसम्म सजिलै पुग्नसक्ने भएकाले नेपालमा लगानी गर्न स्वदेशी तथा विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् ।

यहाँ आयोजित तेस्रो लगानी सम्मेलनको सत्रमा उनले नेपालले ठूला देशको बजारमा सहज पहुँच रहेकाले लगानीको उपयुक्त अवसर रहेको बताए । “हामी विश्वका दुई ठूला अर्थतन्त्रका बीचमा छौँ, आन्तरिक बजारको साथै विश्व बजार केन्द्रित रहेर बृहत् लगानी तथा उत्पादन गर्ने अवसर हाम्रोसामु छ,” उद्योगमन्त्री भण्डारीले भने, “अर्थतन्त्रको संरचनात्मक परिवर्तन गर्दै प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न औद्योगिक क्षेत्रमा नवीनतम प्रविधिको अवलम्बन, पूर्वाधार निर्माण र दक्ष जनशक्तिको विकासमा विशेष जोड दिनुपर्नेछ ।”

पछिल्लो समय प्रविधिको विकासले उत्पादनको तरिका, स्थान र आपूर्ति प्रणाली परिवर्तन भएको उद्योगमन्त्री भण्डारीको भनाइ छ । बजारको माग र आपूर्तिका शृङ्खला परिवर्तन भएको उनले बताए ।

“उपभोक्ताको चाहना र सन्तुष्टिको स्तर परिवर्तन हुँदै गएको छ । त्यसकारण हामीले अनुसन्धान र विकासमा लगानी वृद्धि गर्नुपर्ने देखिन्छ”, उनले भने , “हामीले उद्यमशीलता, उत्पादन र आर्थिक वृद्धिमा केन्द्रित रहेर उद्यमशील, दक्ष र सीपयुक्त जनशक्ति परिचालन गर्नुपर्ने हुन्छ ।”

उनले औद्योगिकीकरण, रोजगारी सृजना, अन्तर्राष्ट्रिय व्यापारमा प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्न उत्पादनमूलक क्षेत्रमा नवप्रवर्तन अपरिहार्य रहेको धारणा राखे ।

औद्योगिक क्षेत्रको विकास तथा विस्तार गर्न नेपाल सरकारले नीतिगत, कानुनी र प्रक्रियागत सुधार गरेको उनले बताए । मन्त्री भण्डारीले भने, “औद्योगिक व्यवसाय ऐनमा आयकर भन्सार महसुल लगायतका कर छुटको व्यवस्था छ । नेपाल सरकारले महिला तथा लघु उद्यमीहरूका लागि विशेष सहुलियत, औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, प्रदेश औद्योगिक तथा लगानी प्रवर्द्धन कोष, एकल विन्दु सेवा केन्द्रलगायतका व्यवस्था कार्यान्वयनमा ल्याएको छ”, उहाँले भन्नुभयो, “राजस्व नीतिलाई उत्पादन एवम् लगानीकर्तामैत्री बनाउँदै लगिएको छ । नवप्रवर्तनको प्रवर्द्धन, बौद्धिक सम्पत्तिको विकास र संरक्षण गर्न बौद्धिक सम्पत्तिसम्बन्धी नयाँ कानुन तर्जुमा भइरहेको छ ।”

विदेशी लगानीसम्बन्धी कानुनमा प्रविधि हस्तान्तरणलाई प्रोत्साहन र पूँजी लगानी कोष स्थापना गर्न सक्ने प्रावधानले नवप्रवर्तनमा योगदान पु(याउने उद्योगमन्त्री भण्डारीले विश्वास व्यक्त गरे । अनुसन्धान तथा विकासमा लगानी वृद्धि गर्न नेपाल सरकारले चालु आर्थिक वर्षको बजेटमा पूँजीगत खर्चको एक प्रतिशत रकम विनियोजनको सुरुआत गरेको उनले बताए ।

उद्योगमन्त्री भण्डारीले भने, “सङ्घमा बिजनेस इक्युबेसन केन्द्र स्थापना गरिएको र प्रदेशस्तरमा समेत क्रमशः सो केन्द्र स्थापना गर्ने कार्य प्रारम्भ भएको छ । उत्पादनमूलक क्षेत्रमा नवीनतालाई प्रवद्र्धन तथा प्रोत्साहन गर्न स्टार्टअप उद्यम नीति तथा कर्जासम्बन्धी निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । नियमनकारी निकायलाई प्रविधियुक्त बनाउँदै दर्ता, नवीकरण, अनुमति र सहुलियत दिनेजस्ता सेवालाई अटोमेसन गर्दै लगिएको छ । नेपाल सरकारले निजी क्षेत्रसँगको सहकार्यमा ‘मेड इन नेपाल’ तथा ‘मेक इन नेपाल’ जस्ता कार्यक्रममा सहयोग पु(याउँदै आएको छ ।”

आगामी दिनमा अनुसन्धान तथा विकासमा सरकार तथा निजी क्षेत्रको लगानी अभिवृद्धि, नवप्रवर्तनलाई प्रोत्साहन सहुलियत, सूचना तथा प्रविधिसँग सम्बन्धित जनशक्तिको विकासमा केन्द्रित हुनुपर्ने बताए । उनले भने , “ट्रिपल हेलिक्स मोडेलमा आधारित रहेर प्राज्ञिक क्षेत्र, निजी क्षेत्र र सरकारबीचको सहकार्यमा नयाँ औद्योगिक वस्तुको विकास तथा उत्पादकत्व अभिवृद्धि गर्न आवश्यक व्यवस्था गरिनेछ ।”

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : १६ बजे

त्रिचन्द्र क्याम्पस स्ववियु सभापति कोइरालाको विद्यार्थी राजनीतिमा ‘लिङ्दो समिति’ मोडलको माग

काठमाडौं– त्रिचन्द्र क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति गोविन्द कोइरालाले

नारायणी अस्पतालका चिकित्सकले दिए सामूहिक राजीनामा

वीरगञ्ज– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् ।

लघुवित्त पीडितले थाले आमरण अनसन (तस्बिरहरू)

काठमाडौं– लघुवित्त पीडितले काठमाडौंको माइतीघरमा आमरण अनसन सुरु गरेका छन् ।

ग्लोबल आइएमई बैंकमा नागरिक एपबाटै खाता खोल्ने व्यवस्था 

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले नागरिक एपसँगको सहकार्यमा बैंक खाता

भरतपुर अस्पतालमा बहिरङ्ग सेवा बन्द : एघार हजार बिरामी प्रभावित

चितवन– नारायणी अस्पताल वीरगञ्जमा कार्यरत चिकित्सकमाथि गम्भीर आक्रमण भएको विरोधमा