इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो | Khabarhub Khabarhub

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


789
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको उपनिर्वाचनको मतगणना चलिरहेको छ ।

सदरमुकाम इलाम बजारका तीनवटा स्थानमा अहिले मतगणना भइरहेको छ ।

सोमबार साँझसम्म लगातार अग्रता बनाइरहेका नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता बढाउँदै लगेका छन् ।

सुहाङले ताजा अवस्थामा नेपाली कांग्रेस डम्बर खड्कालाई ६ हजार ४३९ मतको फराकिलो अन्तरले पछि पारेका छन् ।

सुहाङले देउमाई नगरपालिका-८ जितपुर, आमबोटे र पुरानो साङरुम्बाको मत गनिसक्दा १९ हजार ११४ मत ल्याइसकेका छन् ।

उनलाई पछ्याइरहेका कांग्रेसका उम्मेदवार खड्काले ताजा अवस्थामा १२ हजार ६७५ मत ल्याएका छन् ।

उता तेस्रो स्थानमा रहेका पहिचान पक्षधरका स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ९ हजार ४१० मत ल्याएका छन् ।

इलाम २ मा चौथो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बू छन् । जसले हालसम्म ३ हजार २४२ मत आफ्नो पक्षमा पारेका छन् । उनले देउमाईमा आइपुगेपछि हरेक वडाबाट १०० भन्दा धेरै मत ल्याउन सकेका छन् ।

इलाम-२ उपनिर्वाचन अपडेट
सूर्य -१९,११४
रुख- १२,६७५
मूढा-९,४१०
घण्टी -३,२४२

देउमाई ८ को अन्तिम परिणाम
सुहाङ नेम्वाङ : ९१८ (सूर्य)
डम्वर खड्का : ३३६ (रुख)
डेकेन्द्र थेगिम : ७४ (मुढा)
मिलन लिम्बू : १७५ (घण्टी)

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ७ : ४३ बजे

बस दुर्घटनामा घाइते भएका सहचालकको मृत्यु

गुल्मी – गुल्मीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको

नेपालद्वारा भोलक्यानोजलाई १८० रनको लक्ष्य

काठमाडौं – विश्वकपको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो

संसद्को तनावले झन् बढ्यो सत्तापक्ष र प्रतिपक्षबीच दूरी

काठमाडाैं-  सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोप लागेका उपप्रधान तथा

जयनगर–जनकपुर–भङ्गहा रेल सेवा तीन दिन बन्द हुने

जलेश्वर – भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आउँदो शनिबारदेखि तीन दिनसम्मको लागि

राष्ट्रिय खुल्ला हाफ म्याराथनको उपाधि राजन रोक्कालाई

काठमाडौं – राष्ट्रिय खुल्ला हाफ म्याराथन तथा रोड रेस प्रतियोगिताको