बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित « Khabarhub

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


210
Shares
  • change font
  • change font
  • change font

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै चार श्रष्ठालाई सम्मान गरेको छ ।

आसफोर्ड केन्टमा यक्वा तङ्नाम मनाउँदै परम्परागत रुपमा फेदाङमा (पुजारी) पदम सम्वाहाङफेले पूजा अनुष्ठान गरिसकेपछि तीन महिला श्रष्ठालाई सम्मान गरिएको हो ।

सम्मानित हुनेमा साहित्यकार शान्ति खिम्दिङ, यालाङ गायिका दिलु लिम्बु, कलाकार तथा साहित्यकार लीला सेलिङ मावो र पत्रकार तथा साहित्यकार नरेन्द्र नेम्वाङ छन् ।

बेलायत बसेर नेपाली र याक्थुङ लिम्बु भाषा, साहित्य, गीत संगीत र संस्कृतिको प्रवद्धनमा योगदान दिएको भन्दै उनीहरुलाई सम्मान गरिएको सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्माले बताइन् ।

उनले भनिन्, ‘याक्थुङ लिम्बु परम्पराअनुसार खेतबारीमा अन्नवाली लगाउने बेलामा अन्नबाली राम्रो होस भनी प्रकृतिको पूजा अर्चना गर्दै मनाइने यक्वा तङ्नामको अवसरमा श्रष्ठाहरुलाई सम्मान गरिएको हो ।’

सन् २०१२ मा स्थापित संघले बेलायतमा छरिएर रहेका याक्थुङ लिम्वु लेखक, कवि साहित्यकार, कलाकारहरुलाई संगठित गरी याक्थुङ कला संस्कृतिको जर्गेना गर्दै आएको छ ।

उक्त अवसरमा प्रमुख अथिति फेदाङ्मा पदम सम्वाहाङफे, संघका उपाध्यक्ष विमला लिम्वु, संस्थाका सस्थापक अध्यक्ष काजीमान यक्सो, मगर संघ युकेकी अध्यक्ष सीता पुन, सगरमाथा नेपाली समाजका अध्यक्ष डम्वर सिङगक, मिस्टर नेपाल विजेता तथा मोडल रोहित थेबेलगायतको उपस्थिति थियो ।

उनीहरुले सम्मानित श्रष्ठालाई बधाई दिँदै यक्वा तङ्नामको सन्दर्भमा मौलिक संस्कृतिका धनी प्रकृतिपूजकहरु जो जहाँ बसे पनि प्रयास गर्नुपर्नेमा जोड दिएका थिए ।

थाक्थुङ चुम्लुङ धरानकी पूर्वअध्यक्ष समेत रहेकी सानु सुब्बाले सञ्चालन गरेको सांस्कृतिक कार्यक्रममा कलाकार भक्ति आङदेम्बे, दिलु मादेन, माक्सोती ओख्राबो, राजेन नेम्वाङ, डम्वर हुक्पाचोङबाङ, दीप केरुङ, जीता पाङमा, रीता फोम्वो ठुली, पूर्ण कुमारी लिम्वु लगायतले च्याब्रुङ (केलाङ), हाक्पारे, थाक थाक्मा, ताम्के साम्लो प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : ०६ बजे

श्रमसंस्कृतिबाट उपसभामुखमा रूवि ठाकुर, रास्वपाले सघाउने

काठमाडौं- हर्क साम्पाङ नेतृत्वको श्रमसंस्कृति पार्टीले समानुपातिक सांसद रुवि ठाकुरलाई

राप्रपाबाट उपसभामुखमा सरस्वतीको उम्मेदवारी

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलले सरस्वती लामालाई प्रतिनिधि

पार्टीभित्रको विवाद समाधानमा मध्यमार्गी भूमिका खेल्न शेखर कोइराला तयार

काठमाडौं – नेपाली कांग्रेसका नेता शेखर कोइराला विशेष महाधिवेशनबाट चयन

दक्षिण कोरिया र अमेरिकाद्वारा संयुक्त हवाई अभ्यासको घोषणा

सियोल– दक्षिण कोरियाले संयुक्त अपरेसनमा परिचालन दक्षता सुधार गर्ने प्रयासको

दैनिक ४० हजार लाइसेन्स छपाइ

काठमाडौं– सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी रहेको