१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ | Khabarhub Khabarhub

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


198
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले आइतबार उनलाई वडा कार्यालयबाट नियन्त्रणमा लिएको हो ।

घरबाटो सिफारिस दिन एक सेवाग्राहीसँग १५ हजार घुस लिइसकेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ । उजेरबाट घुसबापत लिएको १५ हजार रकमसमेत बरामद गरिएको छ ।

उनीविरुद्ध १५ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३ क उपदफा १(क)बमोजिम कैदा सजाय बिगो बमोजिम जरिवाना माग गरि सोमबार अख्तियारले विशेष अदालतमा मुद्धा दायर गरेको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ८ : १९ बजे

‘ओलीले पुरानै स्टायल दोहोर्‍याउनु भयो, कांग्रेसका कारण देश मध्यावधिमा जान सक्छ’

काठमााडौं- प्रतिनिधिसभामा खरोरुपमा प्रस्तुत हुने नेतामा पर्छन् नेकपा एमालेका सांसद

चर्चामा बहादुरीको कथा

बेलायती जुम्ल्याहा दिदी बहिनीको यो बहादुरीको कथा तीन वर्ष अघिको

लाखौं रकम अपचलन भएका दोलखाका ३ सहकारीमा विशेष साधारणसभा आह्वान

दोलखा– लाखौँ रकम हिनामिना तथा अपचलन भएका दोलखाका तीनवटा सहकारीमा

इच्छाकामनाको चेपाङ बस्तीमा ‘एक घर, एक धारा’

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–२ को छापडाँडामा ‘एक घर एक धारा’

पाथीभरामा एक महिनाको भेटी ६९ लाखभन्दा बढी

ताप्लेजुङ– मुलुकको प्रसिद्ध शक्तिपीठ पाथीभरमा एक महिनाको अवधिमा ६९ लाख