डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह « Khabarhub

डढेलोका घटना रोकथाममा लाग्न मुख्यमन्त्रीको अधिकारीको आग्रह


१७ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सुक्खा मौसमसँग फैलिरहेको डढेलो र त्यसले गराएको वातावरणीय प्रदूषणप्रति चिन्ता व्यक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले आज एक अपिल जारी गर्दै आगलागी र डढेलोका घटना रोकथाम र नियन्त्रणमा सचेत भएर लाग्न आग्रह गर्नुभएको छ ।

डढेलोले पर्यावरण, जडीबुटी, वन पैदावार, चराचुरुङ्गी, वन्यजन्तु, पुनरुत्पादित साना बिरुवामा अपूरणीय क्षति हुनाका साथै जैविक तथा पर्यावरणीय क्षति बढाउँदै जनजीवनमा प्रत्यक्षरुपमा नकारात्मक असर पारेको मुख्यमन्त्री अधिकारीले अपिलमा उल्लेख गरेका छन् ।

वनजङ्गलमा रहेका खानेपानीका पाइपलाइनमा नोक्सानी पु-याउनाका साथै वन जङ्गलसँग जोडिएका बस्तीमा थप जनधनको क्षति हुनसक्ने सम्भावना बढाएको उल्लेख गर्दै उनले सुक्खा तथा हावाहुरी चल्ने यस मौसममा आगलागी र डढेलोको उच्च जोखिम रहेको सतर्कताका लागि प्रदेश सरकारको ध्यानाकर्षण भएको जनाएका छन् ।

अपिलमा भनिएको छ, ‘आफ्नो क्षेत्रको पर्यावरण संरक्षण गरी मानवीय अस्तित्वको रक्षा गर्नु सबैको दायित्व र कर्तव्य भएकाले आगलागी, डढेलोका घटना रोकथाम र नियन्त्रण गर्नका लागि सचेत हुनुपर्दछ ।’

डढेलो लागेमा सम्बन्धित निकायलाई यथासक्य चाँडो खबर गर्न उहाँले आग्रह गर्नुभएको छ । गण्डकी प्रदेशका विभिन्न जिल्लामा हालसम्म चार सय ६७ स्थानको आठ हजार दुई सय ७७ हेक्टर क्षेत्रफलमा डढेलो लागिसकेको जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०८१, सोमबार  ९ : ४५ बजे

रमेश लेखकले भने- सोमबार जाँचबुझ आयोगमा गएर बयान दिन्छु

काठमाडौं– पूर्व गृहमन्त्री रमेश लेखकले सोमबार जाँचबुझ आयोगमा बयान दिन

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा