वासिङ्टन र अबुधावीमा पनि मनाइयो गणतन्त्र दिवस | Khabarhub Khabarhub

वासिङ्टन र अबुधावीमा पनि मनाइयो गणतन्त्र दिवस


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संयुक्त राज्य अमेरिका र संयुक्त अरब इमिरेट्स (युएई) मा पनि विशेष कार्यक्रमकाे आयोजना गरी गणतन्त्र दिवस मनाइएकाे छ ।

वासिङ्टन र अबुधावीस्थित नेपाली राजदूतावासमा मङ्गलबार आयोजित बेग्लाबेग्लै कार्यक्रममा अमेरिका तथा युएईका लागि नेपाली राजदूतहरू क्रमशः श्रीधर खत्री र तेजबहादुर क्षेत्रीले लामो संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्रको संस्थागत विकास गर्दै मुलुकमा दिगो शान्ति, विकास तथा सुशासन कायम गर्नु सबै नेपालीको दायित्व भएको बताए ।

त्यसअघि उनीहरूले दूतावास परिसरमा नेपालको राष्ट्रिय झण्डा फहराएका थिए ।

अबुधावीमा भएको कार्यक्रममा युएईमा रहेका नेपाली समुदाय, विभिन्न पेसा र व्यवसायमा आबद्ध नेपाली र कूटनीतिक कर्मचारीसहति एक सय जनाभन्दा बढीको उपस्थिति थियो ।

उक्त दूतावासका अनुसार नेपालको समुन्नत भविष्यका लागि विदेशमा रहेका सबै नेपालीले आ–आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्नेमा राजदूत क्षेत्रीले जोड दिएका थिए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १२ : २२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि