कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र « Khabarhub

कृषि र व्यवसायमार्फत सबल बन्दै ग्रामीण अर्थतन्त्र


१६ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


846
Shares
  • change font
  • change font
  • change font

गलेश्वर– एक दशक अघिसम्म ‘लाहुरेहरुको जिल्ला’ भनेर चिनिने म्याग्दीका ग्रामीण क्षेत्रमा पछिल्लो समय कृषि, पशुपालन तथा व्यवसाय सञ्चालन हुन थालेका छन् । 

एक दशक अघिसम्म ग्रामीण अर्थतन्त्र विदेशमा दुःख गरी पठाएको विप्रेषणको भरमा धानिएकामा पछिल्ला केही वर्षयता कृषि तथा व्यवसायमार्फत सबल बन्दै जान थालेका हुन् ।

जिल्लामा व्यावसायिक तरकारीखेती, पशुपालन, दुग्ध व्यवसाय, सीपमूलक तालिम, साना तथा कुटिर घरेलु उद्योग, पर्यटक लक्षित घरबास (होमस्टे), सडकको पहुँच, जडीबुटी तथा वनपैदावारले ग्रामीण अर्थतन्त्र बलियो बन्दै गएको हो । सहकारी संस्था, बैंक तथा वित्तीय संस्थाहरू, लघुऊर्जा, पर्यटन र व्यापार व्यवसायको जगमा जिल्लाको ग्रामीण जीवनस्तर सकारात्मक दिशातिर अग्रसर हुँदै गएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । 

मालिका गाउँपालिका–४ का तिलबहादुर बिक १२ वर्षसम्म वैदेशिक रोजगारी गरेर गाउँ फर्केपछि दरबाङ बजारमा फर्निचर उद्योग सञ्चालन गरे । अहिले उनले अहिले सम्पूर्ण खर्च कटाएर मासिक रु एक लाख ५० हजार भन्दा बढी बचत गर्दै आएका छन् ।

बेनी नगरपालिका–४ वास्कुनाका ११ वर्षीय तिलक गुरुङ विदेश बसाइलाई अन्त्य गर्दै गाउँ फर्केपछि व्यावसायिक पशुपालन तथा तरकारीखेतीमा लागे। उनी अहिले राष्ट्रिय कृषि पुरस्कारबाट सम्मानित भएका छन् । विगत २३ वर्षदेखि पशुपालन र फलफूल खेतीमा लागेका गुरुङले आफ्नै गाउँमा मासिक तीन लाख बढी आम्दानी हुने बताए ।

‘वैदेशिक रोजगारी र विप्रेषणबाट गाउँ होइन, सहरलाई फाइदा पुग्छ’, उनले भने , ‘गाउँको विकासका लागि ग्रामीण परिवेशका उद्यमहरु नै उपयुक्त हुन्छन्, म्याग्दीको सन्दर्भमा पशुपालन, तरकारी र फलफूलखेती ग्रामीण समृद्धिका मुख्य आधार हुन् । उद्यमशील युवाले नै गाउँलाई समृद्ध बनाउने हो ।’

विक र गुरुङ यहाँका प्रतिनिधि पात्र मात्र हुन् । जिल्लामा दुई सयभन्दा बढी युवा कृषि तथा पशुपालनमा लागेर व्यवसाय गरिरहेका जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ । 

मौरीपालन, डेरी उद्योग, सिलाइकटाइ, गलैँचा उद्योग, माछापालन, टिमुर र आलुखेतीमार्फत यहाँका युवा आयआर्जनसँग जोडिएका जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापाले बताए । उनका अनुसार जिल्लाका केही व्यक्ति विदेश हुँदा सिकेको सीपमार्फत कृषि, पशुपालन र अन्य काम गरी सफल बन्दै गएका छन् ।

जिल्लाका पर्यटकीय गाउँ शिख, घार, दाना, भुरुङतातोपानी, घोडेपानी कृषि गाउँ, बाबियाचौर, अर्मन, बरङ्जा, रत्नेचौर, ज्यामरुककोटका साथै वनपैदावार र जडीबुटीका लागि चर्चित गुर्जा, लुलाङ, मुदी, ताकम, घतान, पाखापानी, जलविद्युत् उत्पादनमा चिनिएका नारच्याङ, पिप्ले, भगवती, दग्नामलगायत गाउँमा पछिल्लो पाँच वर्षयता युवा उद्यमी र व्यवसायीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थापाको भनाइ छ । 

गाउँलेहरूले बिक्री गरेका वस्तुको आम्दानी बैङ्क तथा वित्तीय संस्थामा जम्मा हुन थालेको नेपाली कांग्रेस म्याग्दीका पूर्वसचिव मीनबहादुर कार्कीले बताए । युवा विदेश नगई स्वदेशमै आयआर्जनमा जोडिँदा ग्रामीण अर्थतन्त्र सबल बन्नाका साथै स्थानीयस्तरमा रोजगारीका अवसर सृजना भएको उनले बताए ।

प्रकाशित मिति : १६ जेठ २०८१, बुधबार  १ : ५१ बजे

सार्वजनिक खरिदको नयाँ विधेयकमा ३० प्रतिशत कमको प्रस्ताव अमान्यदेखि श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्नुपर्नेसम्म

काठमाडौं– नेपालको विकास निर्माण तथा सार्वजनिक खरिदको मेरुदण्ड मानिने सार्वजनिक

पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो : निगम

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री वितरणमा देखिएको समस्या

राष्ट्रिय ध्वजावाहकको पुनर्जागरणका लागि सबै इमान्दार बनौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले राष्ट्रिय ध्वजावाहक

उद्योग मन्त्रालयद्वारा १०० दिनको कार्यप्रगति विवरण प्रधानमन्त्री कार्यालयमा पेस

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरिकुमारी यादवले वर्तमान सरकार गठन

‘सार्वजनिक सम्पत्ति संरक्षण आवश्यक’

देवदह– स्थानीय तहले सार्वजनिक सम्पत्ति संरक्षण गर्न आवश्यक भएकामा जोड दिइएको