आज २०८१ साल असार १५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८१ साल असार १५ गते शनिबारको राशिफल


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल असार १५ गते शनिबार तदनुसार सन् २०२४ जुन २९ तारिख। असार कृष्ण पक्षको नवमी तिथि। धान दिवस। दही चिउरा खाने दिन। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ। २७ नक्षत्रको आधारमा राशिको नाम निर्धारण गरिन्छ। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी गरिन्छ। खबरहबका लागि ज्यो.प.सूर्यनाथ लुइटेलले तयार पारेको आजको फलादेशः

मेष : आजको निर्णय दीर्घकालीन बन्नेछ। मनमा उदार भाव आउने छ। दिन रमाइलो बन्नेछ। परिवारमा तनाव हुने देखिन्छ। बौद्धिक टकराब हुने भएकाले बोल्नु अगाडि सोच्नु राम्रो हुन्छ।

वृष : आफ्नो ख्याल नगर्ने बानीले घाटा हुनसक्छ। सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। शिक्षाको क्षेत्रमा सफलता प्राप्त हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले खानपानमा ख्याल गर्नु राम्रो हुन्छ।

मिथुन : दिन खुशीका साथ बित्नेछ। राम्रो आम्दानी हुनेछ। साथीले सहयोग गर्नेछन्। स्वदेशमा देखिने अवसरले मनमा उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कर्कट : समय संघर्षपूर्ण छ। तपाईंले दया गरेकै व्यक्तिबाट धोका हुनेछ। लगानी नउठ्ने जोखिम हुनसक्छ। परिवारमा भने मेलमिलाप हुनेछ। वैदेशिक लगानीको क्षेत्रबाट पर्याप्त नाफा हुनेछ।

सिंह : बौद्धिक क्षेत्रको लगानीले उत्साहित बनाउने छ। वैदेशिक लगानीबाट फाइदा हुनेछ। शिक्षाको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको विश्वास धेरै गर्नाले धोका हुने जोखिम देखिन्छ।

कन्या : आफू कमजोर भएको महसुस हुनेछ। प्रिय वस्तु हराउने खतरा छ। अरुलाई तर्साएर आफ्नो काम पूरा गर्नु राम्रो हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

तुला : लामो समय रोकिएका काम सञ्चालन हुनेछन्। शिक्षाको माध्यमबाट सफलता मिल्नेछ। यो क्षेत्रमा नाम र दाम मिल्नेछ। समयको दुरुपयोग गर्ने साथी धेरै हुनसक्छन्। परिवारसँगको भेटले दिन रमाइलो हुनेछ।

वृश्चिक : धार्मिक क्षेत्रका कुराले मनमा अविश्वास बढ्नेछ। भौतिक कुराले मनमा खटपटी बढ्ने जोखिम छ। थकान र आलस्य बढ्नेछ। शुभचिन्तकको साथ र सहयोग प्राप्त हुनेछ। धार्मिक कार्यमा सहभागी भएमा मन शान्त हुनेछ। परिवारले राम्रो साथ दिनाले दैनिकी सहज बन्नेछ।

धनु : समय राम्रो छ। बोलीको प्रभावले तपाईंको महत्त्व बढाउने छ। सामाजिक र राजनीतिक काममा समय खर्च हुनेछ। कृषि र फलफूलमा गरेको लगानीबाट नाफा हुनेछ परिवारले राम्रो साथ दिनेछन्। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकर : दबाब र तनावले सताउने योग छ। भएको सम्पत्ति संरक्षण गर्नुपर्ने देखिन्छ। परिवारको रचनात्मक सहयोग प्राप्त हुनेछ। मित्रको साथ प्राप्त हुनेछ।

कुम्भ : मध्य साढेसाती दशा भएकाले झुटा आरोप लाग्नसक्छन्। मन अशान्त हुनसक्छ। शनिदेवको छाया योग भएकाले शनिशान्ती गर्नु राम्रो हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

मीन : चन्द्रमा तपाईंको राशिमा छन्। पहेँलो वस्त्र धारण गर्नु लाभदायक बन्नेछ। कर्मचारी हुनुहुन्छ भने बढुवा हुनेछ। अनुत्पादक क्षेत्रमा खर्च हुने जोखिम छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। परिवारको सहयोग मिल्नेछ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : ०२ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला