नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो ! | Khabarhub Khabarhub

नर्तकी खुसी पार्न अलेक्जेण्डरले शहरमा झोसेको आगो !



अलेक्जेण्डरले इरानमा विजयध्वजा फहराए। त्यसबेला उनको सेनाले इरान सोत्तर बनाइसकेको थियो। सेनाले त्यसबेलाको राजधानी शहर जमशेठ बाहिर शिविर नै खडा गरी विजयोत्सव मनाइरहेको थियो।

यो विजयले अलेक्जेण्डरको हिम्मत र हौसला औधी नै बढेको थियो। उनी आफ्नो शिविरमा सुस्ताउँदै आगामी विजय अभियानका बारेमा सोचिरहन्थे। निरन्तर प्राप्त गरेको सफलताले उनीभित्र ‘विश्व नै जित्छु’ भन्ने अभिमान पलाउन थालेको थियो। जमशेठ त्यसबेला विश्वकै सबैभन्दा सुन्दर शहर मानिन्थ्यो। र उनी स्वयं यस शहरको सौन्दर्यबाट प्रभावित भएर घण्टौसम्म नियालिरहन्थे।

जमशेठको सौन्दर्यबाट प्रभावित उनले आफ्नो राजधानीलाई यो भन्दा सुन्दर र समृद्ध बनाउने अठोट लिए। जमशेठलाई एउटा आदर्श नगरको रुपमा राख्न चाहन्थे। विजयपछि पनि उनले यो शहर छोएनन। सेनालाई शहरका घरका इँटा समेत नछुन कडा आदेश दिए।

जमशेठको सौन्दर्यबाट प्रभावित उनले आफ्नो राजधानीलाई यो भन्दा सुन्दर र समृद्ध बनाउने अठोट लिए। जमशेठलाई एउटा आदर्श नगरको रुपमा राख्न चाहन्थे।

शहर रातको अँध्यारोमा निदाइसकेका थियो- सडक गल्ली चोक सर्वत्र चकमन्न थियो। अलेक्जेण्डरको मनमा अनायास के विचार आयो कुन्नि घोडा चढेर सडकमा घुम्न निस्किए। त्यसबेला जमशेठको सौन्दर्यले उनी थप वशिभूत हुँदै गए। यसले उनीभित्र बढ्दो अशान्तिको ज्वारभाट पनि निस्तेज बन्दै गयो। शहर घुम्ने क्रममा अलेक्जेण्डरको दृष्टि एक भव्य भवनमा प-यो। जुन भवन उज्यालोले धपक्कै बलेको थियो। पाउजुको आवाजले वरिपरिको वातावरण संगीतमये थियो।

अलेक्जेण्डेर घोडाबाट ओर्लिएर भवनको माथिल्लो तलामा दृष्टि मिल्काए। पाउजुको छनछनसँगै एउटा सुमधुर सुरिलो नारी स्वर आइरहेको थियो। यो स्वरले उनमा उन्माद थपियो। दैलो नजिकै गएर चिहाएर हेरे। उर्वशी, मेनका, रम्भाजस्तै युवती आफ्नो सुरतालमा नाचिरहेकी थिइन। विश्व हल्लाउने साहस भएका पराक्रमी अलेक्जेण्डर उभिएर सोच्न थाले- भित्र जाउँ कि शिविरतिरै फर्कूं ? फेरि मनोसंवाद गरे- यदि नर्तकीले बोलाइन भने जानुपर्ला। तर नर्तकी आफ्नो कलामा चुर्लम्म डुबेकी थिइन। आफ्नो वरपर को छ भन्ने उनलाई हेक्का नै थिएन।

नर्तकीले आफूलाई वास्ता नगरेर मानमर्दन गरेको निष्कर्षमा पुगेका अलेक्जेण्डर रिसले मर्मुरिँदै तरबार थुतेर भित्र पसे। झोँक्किएर हकार्दै युवतीलाई भने- ‘तँ को होस ? तँलाई जुन अलेक्जेण्डरको पाउमा सारा इरान झुक्यो, त्यही व्यक्ति तेरो सामुन्ने छ भन्ने थाहा छैन ? तैंले स्वागत सम्मान त परै जाओस् एक दृष्टि फाल्न पनि उचित ठानिनस् ?’

नर्तकीले आफूलाई वास्ता नगरेर मानमर्दन गरेको निष्कर्षमा पुगेका अलेक्जेण्डर रिसले मर्मुरिँदै तरबार थुतेर भित्र पसे।

नर्तकीले कटाक्ष दृष्टिले उनलाई हेर्दै सम्मोहित भावमा भनिन्- ‘मेरो नाम हो ताइस। म इरानीकी प्रसिद्ध नृत्यांगना हुँ। जमशेठपुरीमा मेरो सौन्दर्य एवं नृत्यकलाको ठूलो धाक छ। जहाँसम्म तपाइँलाई नदेखेको भन्ने आरोप छ, त्यसको कारण म आफ्नो नृत्यमा डुबेकी थिएँ। म मेरो कर्ममा यसरी एकलव्य भएर लागेकी थिएँ कि मेरो ध्यान अन्यत्र मोडिने सम्भावना नै थिएन।’ यद्यपि अलेक्जेण्डरको क्रोध शान्त भएन, बरु झन आक्रोशित भए। अलेक्जेण्डरको कर्कस आवाजले त्यहाँको त्यो सांगीतिक माहोल एकाएक स्तब्ध बन्यो।

ताइसको नृत्यमा मग्न पाउ र मादक मुस्कानमा एकाएक ग्रहण लाग्यो। त्यहाँ एक युवक पनि थियो, जो बालिस्टमा अडेस लागेर ताइसतिर हेरिरहेको थियो। अलेक्जेण्डरको दृष्टि त्यही युवामाथि प-यो। उनलाई लाग्यो ताइसको भावभंगिमा सबै उसैप्रति समर्पित छ। आफ्नो लडाकु स्वभावअनुसार अलेक्जेण्डरले फेरि नाङ्गो तरबार घुमाए। एकैछि अतालिएकी नर्तकी तुरुन्तै अलेक्जेण्डरतिर कामुक आँखा जुधाउँदै अघि बढिन। तत्काल तरबार खोसेर उनले म्यानमा राखिदिइन। र सम्मानपूर्वक दुई कदम पछि हटिन्।

यसपछि ताइसको अनुहार भावमा परिवर्तन आयो। अलिकति फँडा उठाएको सर्पजस्तै देखिइन। अनि भन्न थालिन- ‘इरानकी यस नृत्यांगना ताइसले यो भन्दा अघि यति ठूलो गद्दारी अरु कसैबाट अनुभव गरेकी थिइँन। यसअघि भेट भएका कुनै वीर पुरुषले मसँग मेरो नाम सोध्ने र कुनै किसिमको आदेश दिने आवश्यकता ठानेनन। तिमीलाई शायद थाहा छैन होला, यतिबेला मेरो घरमा आउने स्वीकृति कसैलाई पनि छैन। त्यसैले यहाँबाट चुपचाप जानुमा नै तिम्रो भलाई होला।’

एउटी कोठे, नर्तकीको यत्रो हिम्मत, यत्रो धृष्टताले अलेक्जेण्डरमा रहलपहल धैर्य समाप्त भयो। अनि कडकिए- ‘नर्तकी तैंले मलाई चिनेकी छैनस, म अलेक्जेण्डर हुँ। यतिखेर तँ के, तेरो देश र देशको मुकुट जमशेठ समेत यसैको पाउमा साष्टाङ्ग प्रणाम गरिरहेको छ। मेरो पाउ जहाँ टेकिन्छन्, त्यहाँ वर्षौंसम्म फूल फुल्दैन। अलेक्जेण्डरको अपमान गर्नेले आफ्नो जीवन समेत माफी पाउँदैन। तँ स्त्री होस् र म यतिबेरसम्म चुपचाप बसिरहेको छु। नत्र…।’

अलेक्जेण्डरको नाम सुनेर ताइस त्रसित भइन। डरायो भने आफ्नो अवस्था जटिल हुने बुझेकी उनले तुरुन्तै विचलित भावमा नियन्त्रण गर्दै भनिन्- ‘अलेक्जेडर ! तिमी नडराऊ। म कसैसँग डराउँदिन। कान खोलेर सुन अहिले त म एउटै अलेक्जेण्डरलाई जान्दछु। अर्को कुनै अलेक्जेण्डरलाई न म जान्दछु, न चिन्दछु। उसका कुरा सुनेर छक्क पर्दै अलेक्जेण्डरले सोधे- को हो तेरो अलेक्जेण्डर ? नर्तकीले त्यस युवातर्फ संकेत गर्दै भनिन्- यिनै हुन मेरा अलेक्जेण्डर। यिनैले मेरा हृदय सिंहासनमाथि राज गरिरहेका छन्। यसरी एउटा म्यानमा एउटा मात्र तरबार अटाउँछ। मेरो कोठामा पनि एउटा मात्र अलेक्जेण्डर रहन सक्छ। त्यसैले फेरि पनि म तिमीसँग भन्दैछु- तिमी कुनै अभिमानपूर्ण मूर्खता नगरी यहाँबाट गइहाल।

अलेक्जेण्डरको रिसमाथि ताइसका कटुपूर्ण वाक्यले आगोमा घिउ थप्ने काम गरिरहेको थियो। अलेक्जेण्डर कड्किए। यो आक्रोस ताइसमाथि नभएर उसको प्रेमीप्रति लक्षित थियो।

अलेक्जेण्डरको रिसमाथि ताइसका कटुपूर्ण वाक्यले आगोमा घिउ थप्ने काम गरिरहेको थियो। अलेक्जेण्डर कड्किए। यो आक्रोस ताइसमाथि नभएर उसको प्रेमीप्रति लक्षित थियो। उनी भन्दै थिए- ‘युवक, तिम्रो यो गल्तीले मेरो अपमान भएको छ। तिमीलाई अझै पनि थाहा छैन, म त्यो पुरुष हुँ, जसको प्रतापले तिम्रो राष्ट्रमाथि एकाधिपत्य कायम गरिसक्यो।’

ताइस अलेक्जेण्डरको आक्रोसबाट अलिकति पनि बिचलित भइनन्। बरु आत्मविश्वाससाथ भन्न थालिन- ‘म कुरुक्षेत्रीय हारजीतलाई महत्त्व दिन्न। तिमी सिकन्दर नै होलाऊ तर पनि मेरो प्राणप्रिय प्रेमीलाई अपमान गर्ने तिम्रो कुनै अधिकार छैन। गल्ती त तिमी गरिहेका छौ। त्यसैले तिमी बढी मूर्खता नगरी खुरुक्क यहाँबाट जाऊ।’

दुईबीच धेरैबेर वाकयुद्ध चलेपछि ताइसले प्रश्न गरिन- ‘अलेक्जेण्डर, आखिर तिमी मबाट के चाहन्छौ ?’ अलेक्जेण्डरले भने, ‘म तिम्रो प्रेम चाहन्छु। म तिमीलाई आफ्नो हृदयको ढुकढुकीमा राख्न चाहन्छु। तिमी मेरो प्रेम स्वीकार मात्र म तिम्रा ती पाउजुमा आकासका तारा बाँधुला।’

अलेक्जेण्डरको भावनात्मक उद्घोषबाट आक्रोशित ताइसको प्रेमीले पछाडिबाट प्रहार गर्न थाल्यो। तर ताइसको चिच्याहटले अलेक्जेण्डर सतर्क भए। फर्केर अलेक्जेण्डरले तत्काल उसमाथि तरबार चलाए। उ घाइते भएर भूइँमा ढल्यो। पछाडिबाट आक्रमण गरेपछि रुष्ट ताइसले ‘काँतर’को संज्ञा दिँदै अलेक्जेण्डरको हात समाएर भित्र पसिन। अलेक्जेण्डर र ताइसले जीवन जगतबारे वार्तालाप गरे। कुरा गर्दागर्दै बिहानको उज्यालो घरमा छिरेको उनीहरुले पत्तै पाएनन्।

ताइसले प्रश्न गरिन- ‘अलेक्जेण्डर, आखिर तिमी मबाट के चाहन्छौ ?’ अलेक्जेण्डरले भने, ‘म तिम्रो प्रेम चाहन्छु। म तिमीलाई आफ्नो हृदयको ढुकढुकीमा राख्न चाहन्छु। तिमी मेरो प्रेम स्वीकार मात्र म तिम्रा ती पाउजुमा आकासका तारा बाँधुला।’

अलेक्जेण्डरले त्यसैदिन मनाउने विजयोत्सवमा सहभागी हुन आमन्त्रण गरे। ताइसको सहभागिताविना सो कार्यक्रम नगर्ने अलेक्जेण्डरको अडान थियो। अलेक्जेण्डरको निम्तो सहर्ष स्वीकारिन। प्रतीक्षा गरिरहने प्रण गर्दै अलेक्जेण्डर एक्लै शिविरतर्फ फर्किए।

कार्यक्रममा ताइसले सुन्दर नाच देखाइन। नाचको सबैले खुलेर प्रशंसा गरे। सर्वत्र उत्सवको चहलपहल थियो। विजयभावले वातावरण आल्हादित थियो। अलेक्जेण्डरको प्रशंसामा कार्यक्रमस्थल ध्वनिमय बनेको थियो। तर अरुको प्रशंसा पाएका अलेक्जेण्डर भने ताइसको प्रशंसामा मग्न थिए। ताइसको निकटताले अलेक्जेण्डरको कठोर मन नौनी झैं पग्लिएको थियो। अत्यन्त भावुक बनेका अलेक्जेण्डर भन्दै थिए- ‘ताइस, म अति नै प्रसन्न छु। आजको यो समारोह मेरो जीवनको सर्वाधिक ठूलो विजयोपहार हो। मेरो खुसीको कुनै सीमा छैन। त्यसैले म आज तिम्रो इच्छा पूरा गर्न तयार छु। लौ निसंकोच भन, तिमीलाई के चाहिन्छ ?’

ताइसले संयमित हुँदै भनिन- ‘अलेक्जेण्डर तिमी अहिले उन्मादमा छौ, जोशमा छौ। त्यसैले मैले मागेको कुरा तिमी संयमित भएका बखत दिएनौ भने ?’ अलेक्जेण्डरले तत्काल प्रतिवाद गर्दै भने- ‘मेरो मुखबाट निस्केको कुनै पनि वाक्य निष्फल हुँदैन, त्यसैले तिमी जे माग्छौ त्यो पूरा हुन्छ।’ताइसले राम्ररी मनोविज्ञान पढिसकेकी थिइन। जुनबेला अलेक्जेण्डर पूर्णत लठ्ठिसकेका थिए।

मौका गुम्न नदिई ताइसले कठोरतापूर्वक आफ्नो माग राख्दै भनिन- ‘अलेक्जेण्डर, तिमी विश्वको सबैभन्दा सुन्दर शहर यो अजमेठ आगो लगाउन सक्छौ ? म चाहन्छु। आजकै रात यस शहरलाई सल्काइदेउ। मेरो पहिलो र अन्तिम इच्छा यही हो।’

मौका गुम्न नदिई ताइसले कठोरतापूर्वक आफ्नो माग राख्दै भनिन- ‘अलेक्जेण्डर, तिमी विश्वको सबैभन्दा सुन्दर शहर यो अजमेठ आगो लगाउन सक्छौ ? म चाहन्छु। आजकै रात यस शहरलाई सल्काइदेउ। मेरो पहिलो र अन्तिम इच्छा यही हो।’

अलेक्जेण्डर स्तब्ध भए। भित्रभित्रै रिस र पश्चातापले रन्थनिएर ताइसतिर हेरिरहे। ताइस कुटिल मुस्कान हाँसिरहेकी थिइन। मानिलिऊँ उनले कुनै ठूलो विषय मागेकै थिइनन। अलेक्जेण्डर दिन आनाकानी गरिरहेका छन्। उनले अलेक्जेण्डरको छेउमा पुगेर सोधिन, ‘के तिम्रो यो मौनतालाई मैले अस्वीकृत सम्झौं ?’ ताइसको व्यंग्यात्मक बोलीले अलेक्जेण्डर थप मर्माहत बन्दै गए। यद्यपि भाँचिन जान्ने, दोब्रिन्न नजान्ने हठी अलेक्जेण्डर आफ्नो बचनमा अडिनु पर्छ भन्ने मान्यतामा कायमै थिए। वचनबाट तलमाथि नजाने अडान दोहोर्याए।

यति हुँदाहुँदै पनि उनले ताइससँग एउटा प्रश्न गरे- ‘तिमीलाई दिएको वचन त म पूरा गरौंला। तर यति सुन्दर शहर, शहरभित्रका यति भव्य महल खरानी बनाउने अभिलाषा कहाँबाट आयो ? किन तिमी यो शहरलाई यस्तो विभत्स बनाउने चाह राख्छ्यौ ?’

ताइसले भनिन- ‘मैले यो माग राख्नुको एउटा कारण छ। त्यो कारण भनेको यही घट्नाबाट विश्वले सधैं सधैंका लागि तिम्रो स्मरण गरोस्।’ । यस्तो विभत्सबाट म कसरी म अमर हुन्छु ? आश्चर्यचकित हुँदै अलेक्जेण्डरले राखेको जिज्ञासा मेटाउँदै ताइस भन्छिन्- ‘कुरा स्पष्ट छ यदि तिमीले मेरो यो इच्छा पुरा गर्यौं भने कालान्तरमा यहाँको खण्डहर र खरानीमाथि मानिसको दृष्टि पर्दा भन्ने छन- अलेक्जेण्डर जस्तो पराक्रमी, महान बिजेताले एउटी नर्तकीका निम्ति त्यति सुन्दर शहर एकैरातमा खरानी बनायो। तिम्रो नामका पछाडि यो घट्ना कलंक भएर बाँच्ने छ। यही नै मेरो प्रेमको निसाना हुनेछ।’

ताइसको कुरा नसकिँदै अलेक्जेण्डरले आफ्ना सेना बोलाएर तत्काल त्यो शहरमा आगो झोस्ने आदेश दिए। बिहान हुँदा नहुँदै स्वर्गीय शहर खरानीको पहाड भएर आकासममा उडिरहेको थियो। अहिले पनि इरानी त्यो बिर्सनलायक दुखद इतिहासको स्मरण गरिहन्छन्।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : ५० बजे

हतुवागढी गाउँपालिकाको भवन बन्दै

भोजपुर–  भोजपुरको हतुवागढी गाउँपालिकामा प्रशासनिक भवन निर्माणको कामले तीव्रता पाएको

कोपा अमेरिका फाइनल : घाइते मेसी मैदानबाट बाहिरिए

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तमा अर्जेन्टिनाका कप्तान लियोनल मेसी

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द

चितवन– मनकामना केबुलकार आजदेखि ५० दिनका लागि बन्द भएको छ

पाथीभरा, जहाँ पानी नपरी चट्याङ पर्छ

काठमाडौं- ताप्लेजुङस्थित पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङ

कोपा अमेरिका फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा सकियो

काठमाडौं – कोपा अमेरिको फाइनल भिडन्तको पहिलो हाफ गोलरहित बराबरीमा