बुद्ध एयरले भित्र्यायो एटीआर जहाज « Khabarhub

बुद्ध एयरले भित्र्यायो एटीआर जहाज


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी क्षेत्रको हवाई सेवा प्रदायक कम्पनी बुद्ध एयरले १८औँ एटीआर–७२ जहाज भित्र्याएको छ । योसँगै बुद्ध एयरसँग एटीआर–७२ विमानको सङ्ख्या १५ पुगेको छ ।

कम्पनीले कल साइन नाइन एन–एएनजेड विमान फ्रान्सबाट ल्याएको हो । आवश्यक कानुनी प्रक्रिया पूरा गरेर जहाज आगामी साउन १ गतेदेखि व्यावसायिक उडानमा ल्याइने बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जानकारी दिए ।

उनका अनुसार साउनदेखि सुर्खेत र धनगढीमा अतिरिक्त उडानसँगै अरु गन्तव्यमा पनि विस्तार गरिनेछ ।

बुद्ध एयरसँग १५ थान एयरसँग एटीआर–७२ र तीन थान एटीआर ४२ जहाज रहेका छन् । हवाई उडानलाई सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप बुद्ध एयरले नयाँ जहाज थप गरेको हो ।

बुद्ध एयरका बजार निर्देशक जोशीले सहज भाडासँगै उडान सङ्ख्या उल्लेख्य वृद्धि भई यात्रुको उडान सुविधालाई मध्यनजर गर्दै उडान तालिकालाई प्रभावकारी रुपमा सञ्चालन गरिने बताए ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ११ : ५८ बजे

जलाइएको भवनअगाडि उभिएर सुधन गुरुङ : भाषण होइन, सुशासनको सपना पूरा गर्न आएका हौँ

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले आफूहरू कुनै ठूला भाषण गर्न नभई

तीन चार जना पत्रकारलाई गृहमन्त्री गुरुङको चेतावनी- पार्टीसँगै तपाईँहरू पनि सुध्रिनुस्

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले तीन-चार जना पत्रकारलाई सुध्रिन चेतावनी दिएका

कांग्रेसको तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि परिमार्जन

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहका अधिवेशनको कार्यतालिका फेरि

जेन-जी शहीदका आमालाई खगेन्द्रले भने- तिम्रो छोरो ढल्यो, यो देश उठ्यो

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन-जी आन्दोलनका क्रममा ज्यान

भाद्र २३ र २४ गते यो देशमा जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस्: सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सडकबाट नवयुवाले सोधेका