लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु | Khabarhub Khabarhub

लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच सैनिकको मृत्यु


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतको लद्दाखको सीमा नजिकै आएको बाढीमा परी पाँच भारतीय सैनिकको मृत्यु भएको छ ।  यो दुर्घटना लद्दाख नजिकै दौलत बेग ओल्डी क्षेत्रमा भएको भारतीय सेनाले जनाएको छ ।

शुक्रबार यी सैनिकहरू ट्यांकसँग अभ्यास गरिरहेको बेला नदी तर्ने क्रममा पानीको सतह एक्कासि बढेको थियो । दुर्घटना हुँदा ट्यांकीमा पाँच जना सैनिक थिए । जसमा एक जेसीओ र चार सैनिक रहेका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार लेहमा डिफेन्स पीआरओले रातमा सैन्य प्रशिक्षण गतिविधिको क्रममा पूर्वी लद्दाखको सासेर ब्राङ्सा नजिकैको श्योक नदीमा सेनाको ट्यांकी फसेको बताएको छ ।

उद्धार टोली तुरुन्तै घटनास्थलमा पुगेपनि पानीको सतह तीव्र गतिमा बढेका कारण उद्धार टोलीले आफ्नो काममा सफल हुन सकेन र ट्यांकी चालक दलका सबै सदस्यले ज्यान गुमाए ।

भारतीय सेनाले पूर्वी लद्दाखमा तैनाथ आफ्ना पाँच बहादुर सैनिकको ज्यान गएको प्रति शोक व्यक्त गरेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले पाँच सैनिकको मृत्युप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ३ : ३४ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ