रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु « Khabarhub

रूसको सीमावर्ती गाउँमा युक्रेनी ड्रोन आक्रमण, पाँच जनाको मृत्यु


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रूसी सीमावर्ती गाउँमा रहेको एउटा घरमा भएको युक्रेनी ड्रोन आक्रमणमा दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको क्षेत्रीय गभर्नरले बताएका छन् ।

युक्रेनको सिमानाबाट केही मिटर पर रहेको रूसको कुस्र्क क्षेत्रको एउटा सानो गाउँ गोरोडिस्चको एउटा घरमा ड्रोन आक्रमण भएको हो ।

कुर्स्कका गभर्नर एलेक्सई स्मिर्नोभले सामाजिक सञ्जाल टेलिग्राममा उल्लेख गरे, ‘उक्त आक्रमणमा दुई साना बच्चासहित पाँच व्यक्तिको मृत्यु भएको थियो । परिवारका अन्य दुई सदस्यको अवस्था गम्भीर रहेको छ ।’

सन् २०२२ फेब्रुअरीमा सुरु भएको द्वन्द्वमा दुवै पक्षले सयौं किलोमिटरसम्मको दायरासहित ठूला विस्फोटक शिल्पसहितका ड्रोन प्रयोग गरेका छन् ।

युक्रेनले यस वर्ष रूसी भूभागमा आफ्नो आक्रमणलाई तीव्र पारेको छ ।

 

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ५ : ४० बजे

प्रतिनिधिसभा निर्वाचनअघि कोशीका भारत–चीन सीमामा सुरक्षा सतर्कता बढाइने

काठमाडौं– आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि

युक्रेन युद्ध अन्त्यका लागि ‘कुनै समयसीमा नहुने’ रुसको घोषणा

एजेन्सी– मस्कोलाई युक्रेनमा युद्ध अन्त्य गर्न कुनै सम्झौता गर्न हतार

दोलखाको वैतेश्वरमा पार्टी त्याग्नेको लर्को, दर्जनौँ कार्यकर्ता कांग्रेस प्रवेश 

दोलखा– दोलखामा निर्वाचन नजिकिँदै आएसँगै पछिल्ला दिनहरूमा पार्टी छाड्ने र

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको