निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस « Khabarhub

निर्वाचन आचारसंहिता उल्लङ्घनमा कडा कारबाही माग्दै कांग्रेस


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लङ्घनका घटनाबारे छानबिन गर्दै दोषीमाथि तत्काल कडा भन्दा कडा कारबाही गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । 

बिहीबार पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा कांग्रेस प्रवक्ता देवराज चालिसेले निर्वाचनको मिति नजिकिँदै जाँदा आचारसंहिता उल्लङ्घनका घटनाहरू बढ्दै गएको भन्दै छानबिन गरी तत्काल कडाभन्दा कडा कारबाही गर्ने सवालमा कुनै विलम्ब नगर्न आयोगसमक्ष माग गरे।

आचारसंहिता उल्लंघन गर्नु आधारभूत लोकतान्त्रिक मूल्य मान्यता विपरीत भएकाले यस बिषयलाई कांग्रेसले प्राथमिकताका साथ उठाइरहेको उनले बताए । 

चुनाव प्रचारका क्रममा आफ्नो दलका नीति र मान्यताहरू जनता समक्ष राख्नु स्वाभाविक भए पनि व्यक्तिगत रूपमा घृणा र द्वेष फैलाउने कार्य अनुचित भएको उनले बताए । 

उनले लोकतन्त्रमा शासनको वैधताको स्रोत जनताको मत नै भएकाले भयरहित वातावरणमा आफ्नो मतदान गर्न पाउने अधिकारको पूर्ण सम्मान गर्न सरकार र सम्बन्धित पक्षसँग आग्रह समेत गरे । 

प्रवक्ता चालिसेले निर्वाचन नजिकिँदै गइरहेको अवस्थामा कांग्रेसप्रतिको जनलहर बढ्दै गएको दाबी समेत गरे । 

बदलिँदो राजनीतिक सङ्क्रमणलाई चिर्दै मुलुकको अहिलेको अवस्थालाई सम्हाल्ने र समृद्ध राष्ट्रका लक्ष्यहरू पूरा गर्न सक्ने पार्टी कांग्रेस नै भएकाले अबका केही दिनमा जनमतबाट समेत प्रमाणित हुने उनको भनाइ छ । 

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ६ : १६ बजे

मानव शरीर जलन उपचारसम्बन्धी विधेयकमा स्वास्थ्य मन्त्रालयले माग्यो सुझाव

काठमाडौँ- स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मानव शरीर जलन (उपचार

प्रचारप्रसारको अभावमा ओझेलमा पर्दै ‘सिद्ध गुफा’

स्याङ्जा – यहाँको धार्मिक आस्थाका रूपमा रहेको सिद्ध गुफाको प्रचारप्रसार

पत्रकार किशोर श्रेष्ठको गिरफ्तारीप्रति माधव नेपालको आपत्ति

काठमाडौँ । नेकपाका नेता पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पत्रकार किशोर श्रेष्ठलाई

निगमले भन्यो– ग्यास सिलिण्डर अनावश्यक मौज्दात नराख्नू

काठमाडौं । नेपाल आयल निगमले साविकको भन्दा करिब २० प्रतिशत

रोल्पा पहिरो अपडेट : बेपत्ता पाँच जनाको शव प्युठानमा भेटियो

रोल्पा – रोल्पाको थवाङ गाउँपालिका–५ कोटलबारा गाउँमा पहिरोमा परेर बेपत्ता