कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ « Khabarhub

कांग्रेसको निष्कर्ष : पार्टीको पक्षमा जनलहर चलेको छ


१४ फाल्गुन २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले आसन्न आमनिर्वाचनमा पार्टीका पक्षमा देशव्यापी जनलहर बढिरहेको दाबी गरेको छ ।

केन्द्रीय प्रचार–प्रसार समितिका संयोजक एवम् प्रवक्ता देवराज चालिसेले निर्वाचनको मिति नजिकिँदै जाँदा कांग्रेसका उम्मेदवारहरू १६५ वटै क्षेत्रमा सघन चुनावी अभियानमा रहेको जानकारी दिएका छन् ।

उनले बदलिँदो राजनीतिक संक्रमणलाई चिर्दै देशलाई स्थायित्व दिन सक्ने दल कांग्रेस मात्रै भएको दाबी गरेका छन्।

लोकतन्त्रको रक्षा र सुदृढीकरणका पक्षमा समर्थन जनाउने मतदाता, सञ्चारकर्मी, बुद्धिजीवी र नागरिक समाजप्रति पार्टीले आभार व्यक्त गरेको छ ।

कांग्रेसका सभापति, उपसभापति तथा अन्य नेताहरू विभिन्न प्रमुख सहरमा आयोजना भइरहेका क्षेत्रीय चुनावी सभामा सहभागी भइरहेको उनले जनाएका छन् । बिहीबार सुर्खेत र बाँकेमा क्षेत्रीय सभाहरू सम्पन्न भएका चालिसेले बताए ।

उनले विभिन्न दलका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गर्ने क्रम बढेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी नवलपरासी पश्चिमका सभापति महेन्द्र सिंह ठकुरी बर्दघाटमा कांग्रेस प्रवेश गरेका छन् ।

त्यस्तै नेपाली कम्युनिष्ट पार्टी सम्बद्ध नेता धनलाल गुरुङ, बलराम रावल, भोजराज मल्ल, नारायण बस्नेतसहित करिब ८० जना सुर्खेतमा आयोजित सभामार्फत कांग्रेसमा आबद्ध भएको दाबी गरिएको छ ।

शुक्रबार पोखरामा हुने आमसभामा पनि विभिन्न दल परित्याग गरी ठूलो संख्यामा नेताहरू कांग्रेसमा प्रवेश गर्ने कार्यक्रम रहेको उनले बताएका छन् । स्वतन्त्र सामाजिक व्यक्तित्व र जेन–जी अभियानका अगुवासमेत कांग्रेसको चुनावी अभियानमा जोडिने उनले जनाएका छन् ।

आचारसंहिता

कांग्रेसले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सबै पक्षसँग आग्रह गरेको छ । आचारसंहिता उल्लंघनका घटनामा तत्काल छानबिन र कडा कारबाही गर्न निर्वाचन आयोगसँग माग गरिएको छ ।

चुनावी प्रचारका क्रममा विभाजनकारी अभिव्यक्ति, घृणा र द्वेष फैलाउने गतिविधि अनुचित हुने भन्दै सामाजिक सद्भाव जोगाउन सबै दललाई संयमित अभिव्यक्ति दिन आग्रह गरिएको छ ।

कांग्रेसले भयरहित वातावरणमा मतदानको अधिकार सुनिश्चित गर्न सरकार र सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै लोकतन्त्रमा जनमत नै शासनको वैध स्रोत भएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : १४ फाल्गुन २०८२, बिहीबार  ५ : ५७ बजे

कर प्रणालीलाई सरल र पारदर्शी बनाउँदै लगिएको मन्त्री वाग्लेको दाबी

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले कर प्रणालीलाई सरल र पारदर्शी

इरानद्वारा जोर्डनमा २० वटा मिसाइल प्रहार

काठमाडौं- इरानले जोर्डनतर्फ २० मिसाइल प्रहार गरेको छ । जोर्डनको

ओमान आक्रमणमा तीन भारतीयको मृत्यु

एजेन्सी– ओमान तट नजिक संयुक्त राज्य अमेरिकाले प्रहार गरेको व्यापारिक

विपद् तयारीमा जुट्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापनका लागि तयारी अवस्थामा रहन

प्रतिनिधिसभा : सांसदद्वारा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराउँदै