टी–२० विश्वकप फाइनल : विष्फोटक ब्याटिङ गरेका अक्षर पटेल आउट « Khabarhub

टी–२० विश्वकप फाइनल : विष्फोटक ब्याटिङ गरेका अक्षर पटेल आउट


१५ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


765
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । आईसीसी टि–२० विश्वकप २०२४ को उपाधिका लागि अहिले भारत र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा भइरहेको छ ।

केन्सिङ्टन ओभल बार्बाडोस स्टेडियममा टस जितेर पहिले ब्याटिङ रोजेको भारतले चौथो विकेट गुमाएको छ । विष्फोटक ब्याटिङ गरिरहेका अक्षर पटेल १४ ओभरको तेस्रो बलमा रन आउट भएका हुन् । ३१ बलको सामना गरेका उनले ४ छक्का र १ चौकासहित ४७ रन बनाएका थिए ।

भारतले खेलको दोस्रो ओभरमा नै दुई विकेट गुमाएको थियो । ओपनिङ गर्न आएका कप्तान रोहित शर्मा ५ बलमा दुई चौकासहित ९ रन बनाएर आउट भए । तेस्रो नम्बरमा ब्याटिङ गर्नका आएका ऋषभ भने दुई बलमा रनको खाता नै नखोली आउट भएका हुन् । दुवै जनाको विकेट दक्षिण अफ्रिकाका केशव महाराजले लिए ।

त्यस्तै पाँचौ ओभरको तेस्रो बलमा भारतले सुर्यकुमार यादवलाई गुमाएको छ । चार बलमा तीन रन बनाएर खेलिरहेका यादवलाई कागिसो रवडाले आउट गरेका हुन् ।

पहिलो सेमिफाइनलमा दक्षिण अफ्रिका अफगानिस्तानलाई ९ विकेटले पराजित गर्दैै फाइनल पुगेको हो। भने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्डलाई हराउँदै भारतले फाइनलमा दक्षिण अफ्रिकासँगको भेट पक्का गरेको हो।

भारतले १० वर्षपछि टी–२० विश्वकपको फाइनल खेल्दैछ। यसअघि सन् २०१४ को विश्वकपको फाइनलमा भारत श्रीलंकासँग ६ विकेटले पराजित भएको थियो। पहिलो सिजनमा उपाधि उचालेको भारत त्यसपछि उपाधिबिहीन छ। दक्षिण अफ्रिका भने विश्वकपको फाइनलमा पहिलो पटक पुगेको हो।

प्रकाशित मिति : १५ असार २०८१, शनिबार  ९ : २५ बजे

सुस्तामा हतियारसहित भारतीय सुरक्षाकर्मी, नेपालीको विरोधपछि सीमा क्षेत्रबाट फिर्ता

नवलपरासी (पश्चिम) । पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा

पुराना काठ व्यवस्थापन गर्दै डिभिजन वन कार्यालय

चितवन– डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच

हावाहुरी र असिनापानीले धानबालीमा क्षति, ७३ घरपरिवार प्रभावित (तस्बिरहरू)

काठमाडौं– नवलपुर विनयी त्रिवेणी गाउँपालिका–१ को बगुवन र सिसेनी क्षेत्रमा

केही नेपाल ऐन संशोधन विधेयकमाथि सर्वसाधारणसँग राय माग

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले ‘केही नेपाल ऐनलाई

भारतको सहयोगमा कालीकोटमा जनज्योति माविको भवन निर्माण सुरू

काठमाडौं- कालीकोटको सान्नीत्रिवेणी गाउँपालिका–४ स्थित जनज्योति माध्यमिक विद्यालयको नयाँ भवन