के हो म्यूचुअल फण्ड ? « Khabarhub

खबरहब शेयर शिक्षा श्रृङ्खला–६

के हो म्यूचुअल फण्ड ?


१३ भाद्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सामूहिक लगानीको कोष अर्थात् म्यूचअल फण्ड शेयर बजारमा कारोबार गर्न इच्छुकले जान्नुपर्ने एउटा महत्वपूर्ण विषय हो ।

संगठित संस्थाहरूले पुँजी सङ्कलनका लागि संस्थाको शेयर मात्रै नभएर अन्य औजारहरू पनि परिचालन गर्ने गर्छन् । सो मध्ये पुँजी सङ्कलनको एउटा महत्वपूर्ण औजार हो–म्युचअल फण्ड !

म्यूचुअल फण्डमार्फत विभिन्न व्यक्ति वा संस्थाहरूको सहभागिता रहने गरी लगानी परिचालन गरिएको हुन्छ । परिचालित लगानीबाट प्राप्त भएको प्रतिफल सम्बन्धित कार्यक्रमका सहभागीहरूलाई समानुपातिक रूपले वितरण गरिन्छ ।

धितोपत्र ऐन बमोजिम बचत लगानी योजना व्यवस्थापकले सञ्चालन गरेको लगानी कोष, एकांक कोष वा समय–समयमा बोर्डले तोकिदिएको त्यस्तै प्रकारका अन्य सहभागितामूलक कोष व्यवस्थापन कार्यक्रमलाई सामूहिक लगानी कोष अर्थात् म्यूचुअल फण्ड भनिन्छ ।

सामूहिक लगानी योजना ट्रस्टको रूपमा स्थापना हुन्छ । जसमा कोषको स्थापना तथा प्रवर्द्धन गर्ने कोष प्रवर्द्धक, कोषको सुपरिवेक्षण गर्ने कोष सुपरिवेक्षण गर्ने कोष सुपरीवेक्षक, कोषको रकम लगानी तथा व्यवस्थापन गर्ने लगानी व्यवस्थापक, कोषको डिपोजिटरी कार्य गर्ने डिपोजिटरी तथा एकांकहोल्डरहरूको सम्पत्ति सुरक्षाको जिम्मा लिनेउ ट्रस्टी आदि हुन्छन् ।

सर्वसाधारण लगानीकर्ताहरूका लागि म्यूचुअल फण्ड योजना लगानीका लागि निकै उपयुक्त माध्यम हो । यसले तुलनात्मक न्यून लागतमा व्यावसायिक तवरबाट लगानी गर्ने अवसर प्रदान गर्छ ।

सामूहिक लगानी कोष नियमावली २०६७ अनुसार म्यूचुअल फण्डको संरचनामा कोष प्रवर्द्धक, कोष सुपरीवेक्षक, योजना व्यवस्थापक र डिपोजिटरी रहेका हुन्छन् ।

कोष प्रवर्द्धक भन्नाले धितोपत्र सम्बन्धी ऐन, २०६३ तथा सामूहिक लगानी कोष नियमावली, २०६७ अन्तर्गत सामूहिक लगानी कोष स्थापना गरी कोषको प्रवर्द्धन गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्डको अनुमति लिई कम्तिमा १ अर्ब रुपैयाँ बराबरको चुक्ता पुँजी भएको तथा चुक्ता पुँजी भन्दा नेटवर्थ कम नभएको र नेपाल राष्ट्र बैंकिङ कारोबार गर्नका लागि इजाजत प्राप्त ‘क’ श्रेणीको वित्तीय संस्था हो ।

कोष प्रवर्द्धकले बोर्डमा म्यूचुअल फण्ड दर्ता गरी आवश्यक प्रक्रिया पूरा गरी कोष प्रवर्द्धकको रूपमा कार्य गर्न सक्छ । त्यस्तै, कोष सुपरीवेक्षक भन्नाले सामूहिक लगानी कोषको सुपरिवेक्षण गर्नको लागि कोष प्रवर्द्धकबाट नियुक्त भएका विभिन्न क्षेत्रको विशेषज्ञता भएका न्यूनतम ५ जना विशिष्ट व्यक्तिहरूको समूहलाई जनाउँछ । कोषको सुपरिवेक्षण तथा सहभागीको हित संरक्षण गर्ने कार्यको लागि कोष सुपरीवेक्षकको नियुक्त गरिन्छ ।

म्यूचुअल फण्डको संरचनामा योजना व्यवस्थापकले म्यूचुअल फण्डको रकम लगानी गर्ने व्यवस्थापकको रूपमा काम गर्छ । योजना व्यवस्थापकले फण्डमा विभिन्न योजनाहरू सञ्चालनमा ल्याउनका लागि धितोपत्र बजारका औजार तथा अन्य लगानीका क्षेत्रको विशेषज्ञता तथा जानकारी राख्ने क्षमता भएको कम्पनी तथा विभिन्न योजनाका इकाइहरू सर्वसाधारणमा बिक्री गरी सङ्कलन भएको रकमलाई प्रारम्भिक निष्काशनका धितोपत्र तथा दोस्रो बजारमार्फत् अन्य वित्तीय लगानीका उपकरणहरूमा दक्ष लगानी गर्ने काम गर्छ ।

म्यूचुअल फण्ड अन्तर्गत बन्दमुखी योजना र खुलामुखी योजना हुन्छन् । रकमको मात्रा तथा समय सीमा नातोकी कुनैपनि समयमा लगानीकर्तारूलाई इकाइहरू बिक्री गर्न सकिने गरी जारी गरिने सामूहिक लगानी योजनालाई खुल्लामुखी योजना भनिन्छ ।

यस प्रकारको योजनामा तरलता बढी हुन्छ । त्यस्तै, बन्दमुखी योजनामा निश्चित रकम र अवधि तोकेर लगानीकर्ताहरूलाई इकाइहरू बिक्री गरिन्छ । जसमध्ये बन्दमुखी योजना नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएर दोस्रो बजारमा कारोबार हुने गरेको छ भने खुलामुखी योजना भने स्टक मार्केटमा सूचीकृत हुँदैन ।

शेयर बजारमा लगानीकर्ताको रूपमा प्रत्यक्ष सहभागी भएर लगानी गर्न जोखिमको महसुस गर्ने लगानीकर्ताहरूको लागि म्यूचुअल फण्ड उपयुक्त हुन सक्छ । म्युचअल फण्ड २०७६ अनुसार म्युचअल फण्डबाट सङ्कलन गरिएको रकमलाई पोर्टफोलियो व्यवस्थापकले शेयर, बन्ड, ऋणपत्र, सरकारी धितोपत्र र फिक्स बचतमा लगानी गरेर नाफा आर्जन गर्छन् ।

यस्तो फण्डमा लगानीकर्ताले प्रतिकित्ता १० रुपैयाँको दरले लगानी गर्न सक्छन् । आइपीओ र एफपिओमा लगानी गरेजस्तै प्रक्रिया पूरा गरेर लगानीकर्ताले म्यूचुअल फण्डमा पनि लगानी गर्न सक्छन् ।

यो पनि-

मेरो शेयर भनेको के हो ? यसले के काम गर्छ ?

डि–म्याट खाता भनेको के हो ?

प्राथमिक र द्वितीय शेयर बजार भनेको के हो ?

शेयर बजार भनेको के हो ?

शेयर के हो ? थाहा पाउनोस्

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार  १ : ४१ बजे

टी–२० विश्वकप आजदेखि, उद्घाटन खेलमा पाकिस्तान र नेदरल्याण्ड्स भिड्ने

काठमाडौैं– आईसीसी टी–२० विश्वकपको १०औँ संस्करण आजदेखि भारत र श्रीलङ्कामा

खजुरा गाउँपालिकामा कानुन निर्माणले सेवा प्रवाहमा सहज

बाँके– बाँकेको खजुरा गाउँपालिकाले नयाँ कानुन बनाएर जनतालाई दिनुपर्ने सेवा

सङ्कटमा स्वास्थ्य बीमा : चलाउने की बन्द गर्ने दोधारमा सरकार

काठमाडौं- आम नागरिकलाई सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध

सडकका खाल्डाखुल्डी पुर्न ‘रेडिमिक्स’ तयार गर्दै सडक डिभिजन

चितवन– जिल्लाका मुख्य सडकमा हुने ससाना खाल्डाखुल्डी (पोटहोल) तत्काल पूर्ववत्

फिदिम नगरपालिका पूर्ण खोप सुनिश्चित घोषित

पाँचथर– पाँचथरको फिदिम नगरपालिका पूर्णखोप सुनिश्चित नगरपालिका घोषित भएको छ