व्रत बस्न नजान्दा पाचन प्रक्रियादेखि पत्थरीसम्मको जोखिम « Khabarhub

व्रत बस्न नजान्दा पाचन प्रक्रियादेखि पत्थरीसम्मको जोखिम


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


14.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – साउन महिनामा हिन्दु महिला शिवको आरधना गर्दै व्रत बस्छन्। साउनको सोमबार शिव भक्तका लागि विशेष नै हुन्छ। सोमबार भगवान शिवको पूजाआजा गरी व्रत बस्ने चलन पुरानो हो। व्रत बस्दा स्वास्थ्यका लागि धेरै फाइदा हुन्छ। धार्मिक हिसाबले, शारीरिक हिसाबले, मानसिक हिसाबले पनि यसका धेरै फाइदा छन्। बेलाबेला पाचन यन्त्रलाई विश्राम दिनु स्वास्थ्यका लागि लाभदायक मानिन्छ।

धेरैवटा अध्ययनले व्रत बस्नु स्वास्थ्यका लागि लाभदायक हुनेकुरा देखाइएको पनि छ। मधुमेह, उच्च रक्तचाप, थाइराइड, लगायतका बिरामीका लागि हप्तामा एकदिन व्रत बस्नु राम्रो हो। तर हाम्रोमा व्रत बस्ने र खोल्ने शैली नमिल्दा गम्भीर समस्या देखिने गरेका छन्। लामो समय भोको बसेर व्रत खोल्दाखेरी जुन खाना खाइन्छ त्यसले हाम्रो स्वास्थ्यमा नकारात्मक असर गर्छ। त्यसैले व्रत बस्नु भन्दा पनि व्रत कसरी तोड्ने भन्ने कुरा महत्वपूर्ण हुने पोषणविद् रश्मी बजिमय बताउँछिन्।

साउन गर्मी महिना भएकाले पानी नखाइ व्रत बस्दा डिहाइड्रेसन हुने सम्भावना एकदमै हुने पोषणविदको भनाइ छ ।

व्रत बस्दा के खाने ?
अहिले साउन महिनामा विशेष गरी सोमबारको दिन नेपाली हिन्दु महिला व्रत बस्ने गर्दछन्। त्यसै पनि साउन गर्मी महिना भएकाले पानी नखाइ व्रत बस्दा डिहाइड्रेसन हुने सम्भावना एकदमै हुने पोषणविद बजिमय बताउँछिन्।

गर्मी महिनामा धेरै पसिना आउँछ त्यसैले पानी नखाइ व्रत बस्नु एकदमै जोखिम हुन्छ अन्नहरु नखाए पनि व्रतको दिन अत्याधिक पानी पिउनुपर्छ। व्रतको दिन दिउँसोतिर खानेकुरा सेवन गरेपनि राति त्यसको मात्रा कम गर्नुपर्छ। कागती एवम् मह मिसाएर पानी खान सकिन्छ। अनावश्यक पदार्थ कोलेस्ट्रोलको रुपमा शरीर बाहिर निस्कन्छ। त्यसैले कोलेस्ट्रोल नियन्त्रण गर्नका लागि अतिरिक्त पानी पिउनुपर्छ। मौसमी फलफूलको जुस सेवन गर्नुपर्छ।

कस्ता व्यक्तिले व्रत बस्नु हुँदैन ?
कतिपय महिला पानी समेत नखाइ व्रत बस्ने गर्दछन्। यसरी व्रत बस्नु सबैका लागि हानिकारक मानिन्छ। अझ विशेषगरी मधुमेहका बिरामीले व्रत बस्दा एकदमै ध्यान दिनुपर्ने हुन्छ। धेरैबेर खाना नखाई बस्दा कहिलेकाहीँ सुगरको लेबल एकदमै घटेर त्यसले आकस्मिक रुपमा जिटल अवस्था सिर्जना गर्नसक्छ।

कतिपय महिला पानी समेत नखाइ व्रत बस्ने गर्दछन्। यसरी व्रत बस्नु सबैका लागि हानिकारक मानिन्छ। अझ विशेषगरी मधुमेहका बिरामीले व्रत बस्दा एकदमै ध्यान दिनुपर्ने हुन्छ।

त्यस्तै मधुमेह भएका बिरामीमा पनि बढ्दो उमेरकालाई धेरै हानी हुनसक्छ भने कम उमेर र धेरै मोटो व्यक्तिले पनि पानी र फलफूल खाएर मात्रै व्रत बस्नु राम्रो हुन्छ।

उच्च रक्तचाप भएका व्यक्ति, भर्खर अपरेशन गरेका, रगतको कमी भएमा अथवा रगत सम्बन्धी समस्या देखिएमा, मुटु, कलेजो, फोक्सो तथा किड्नी सम्बन्धी रोगबाट पीडित र गर्भवतीले व्रत बस्नु हुँदैन। यदि व्रत बस्नै मन भए चिकित्सक तथा आफ्नो पोषणविदसँग सल्लाह लिएर मात्रै बस्नु राम्रो हुन्छ।

व्रत बस्ने शैली नजान्दा कस्तो समस्या हुन्छ ?
हामी दिनभर केही नखाएर व्रत बस्छौं र खोल्दाखेरी घ्यू भात लगायत एकदमै चिल्लो खाना खान्छौं। गुलियो चिजहरु खाने गर्छौं त्यसले गर्दा एउटा त अपचको समस्या हुन्छ भने कसैलाई ग्याष्ट्रिकको समस्या हुन्छ।

एकैपटक धेरै क्यालोरीयुक्त खानेकुराहरु खाँदा पाचन प्रणालीलाई भारपर्छ र पित्तमा पत्थरी हुने सम्भावना धेरै रहन्छ। हप्तामा एक दिन वा १५ दिनमा एक दिन सहि तरिकाले व्रत बस्नु राम्रै मानिन्छ भने हप्तामा तीन वा चार दिन व्रत बस्दा इनर्जी घटेर रिंगटा लाग्ने हुन्छ। यसले प्रेसर कम गराउनुका साथै डिहाइड्रेसन भएर जटिल समस्या निम्तिन सक्छ।

व्रत सकिएपछि एकैपटक धेरै क्यालोरीयुक्त खानेकुरा खाँदा पाचन प्रणालीलाई भारपर्छ र पित्तमा पत्थरी हुने सम्भावना धेरै रहन्छ।

कसरी व्रत बस्नु राम्रो हुन्छ ?
व्रत बस्दाखेरी पानी तथा झोलिलो पदार्थ प्रशस्त मात्रामा पिउने, व्रत तोड्ने बेलामा धेरै भारी खाना, गुलियो, चिल्लो, पिरो खानाहरु नखाने, व्रत सकिएपछि कालो चिया अथवा फ्रेस जुसबाट खानाको सुरुवात गर्नु राम्रो हुन्छ। यसो गर्दा व्रतपछि हुने विभिन्न स्वास्थ्य समस्याबाट बच्न सकिन्छ।

हामीकहाँ व्रतपछि ब्लड प्रेसर कम हुने धेरै छन्। ग्याष्ट्रिक लगायत पेट सम्बन्धी समस्या लिएर धेरै जना उपचारका लागि आउने गर्दछन्। यस्ता समस्या आउन नदिनका लागि बैलैमा सचेत भएर व्रतलाई आफ्नो शरीर र स्वास्थ्य अवस्थामैत्री बनाउनुपर्छ।


(पोषणविद् रश्मी बजिमयसँगको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ७ : ५६ बजे

दिल्लीको सन्देश : नेपालमा लोकतान्त्रिक र संवैधानिक स्थिरता भारतका लागि महत्त्वपूर्ण

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र नेपालका लागि भारतीय राजदूत नवीन

संकटमा परेका राजपाल यादवलाई सोनू सूदको सहयोग

काठमाडौं– बलिउडका हास्य कलाकार राजपाल यादव हाल चेक बाउन्स मुद्दाका

वीरगञ्जमा सशस्त्र प्रहरीमाथि आक्रमणबारे रमेश खरेल भन्छन् : राज्य कागजमा मात्रै सीमित हुँदाको परिणाम

वीरगञ्ज (पर्सा) – पर्साको वीरगञ्जस्थित आदर्शनगरमा अवैध रूपमा तस्करी गरी

निर्वाचन घोषणा पत्रका लागि एमालेद्वारा सुझाव संकलन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधि सभाको निर्वाचन घोषणा पत्र

काठमाडौंमा पनि लगाउन थालियो एचपीभी खोप (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी)