आज साउनको दोस्रो सोमबार, शिवालयहरुमा भक्तजनको भीड « Khabarhub

आज साउनको दोस्रो सोमबार, शिवालयहरुमा भक्तजनको भीड


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ लगायत देशभरका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

सोमबारका अवसरमा बिहान ३ बजेदेखि नै पशुपतिका चारवटै ढोका खोलिएका छन् ।

साउन महिना भगवान् शिवको महिना र सोमबार भगवान् शिवजीको प्रिय बार भएकाले व्रत बस्ने परम्परा छ । यस दिन विशेष रुपमा आशुतोष भगवान् शिवको पूजा, आराधना गरिन्छ ।

पशुपति क्षेत्र विकास कोषका अनुसार आज पशुपतिनाथमा आउने भक्तजनका लागि तीन वटा लाइनको व्यवस्था गरिएको छ । उमाकुण्ड, जयवागेश्वरी र पिङ्गलास्थानबाट प्रवेश गरी दर्शन गर्न सकिने गरी व्यवस्था मिलाइएको कोषले जनाएको छ ।

साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

यस वर्षको साउन महिनामा चारवटा सोमबार परेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ८ : ४१ बजे

सिरियाद्वारा इराकी सीमा क्षेत्रबाट हेजबुल्लाहका लागि जाने हतियार बरामद गरेको दाबी

दमास्कस – सिरियाले बिहीबार इराकसँगको आफ्नो सीमाबाट मिसाइलसहितको भारी हतियार

गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु सरकारको दायित्व : मन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सबै नागरिकलाई विभेदरहित, सम्मानजनक

ओलीले धोका दिएको भन्दै जब गगनले प्रचण्डलाई भेटे…

काठमाडौं- औपचारिक निर्णय भइनसके पनि नेकपा एमाले- नेपाली कांग्रेस गठबन्धन

विष्णु पौडेलविरुद्ध झन्डै २१ करोड बिगो मागदाबीसहित सम्पत्ति शुद्धीकरण मुद्दा

काठमाडौं- सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी कसुरमा विशेष अदालतमा नेकपा