दोलखाको उत्तरी क्षेत्रका स्थानीय सधैँ पहिरोको चपेटामा « Khabarhub

दोलखाको उत्तरी क्षेत्रका स्थानीय सधैँ पहिरोको चपेटामा


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

दोलखा– बाढी पहिरोका कारण दोलखाको उत्तरी क्षेत्रमा वर्सेनी ठूलो क्षति हुँदै आएको छ। दोलखाको उत्तरमा रहेका कालिञ्चोक, गौरीशङ्करबिगु गाउँपालिकामा हरेक वर्ष बढी पहिरोले ठूलो जनधन तथा मुख्य सडक संरचनासँगै सयौँ हेक्टर खेतीयोग्य जमिनमा क्षति गरेको छ । पछिल्लो ५ वर्षको अवधिमा यहाँका तीनवटा गाउँपालिकामा १७  ठाउँमा पहिरो गएको पाइएको छ।

सबैभन्दा ठूलो पहिरो कालिञ्चोक गाउँपालिकाको लापिलाङ गएको छ । उक्त पहिरो अझै नियन्त्रणमा आउन सकेको छैन। पहिरोले हालसम्म करिब एक सय ३७ घरपरिवारलाई विस्थापित बनाएको छ।

त्यसैगरी गौरीशङ्करको जुँगु, खारे, टुनिटार, डोगाङमा लगायतका पहिरोले ठूलो क्षति गरेको छ।

तीन वर्षअघि  रानिबनबाट सुरु भएको रानीभीर पहिरोले सिङ्गो गाउँनै बगाएको छ ।

सडक, खानेपानीसँगै चारसय रोपनी भन्दा बढी खेतीयोग्य जमिनलाई बगर बनाएको कालिञ्चोक गाउँपालिकाले जनाएको छ । यहाँका करिब दुई सय परिवार पहिरोको चपेटामा परेका छन् ।

त्यसैगरी गौरीशङ्करमा पनि पछिल्लो पाँच वर्षयता ९ वटा पहिरो जाँदा दुई जनाको मृत्यु भएको छ भने दुईजना अझै बेपत्ता छन्।

पहिरोले यहाँका दुईसय  घरपरिवार विस्थापित बनेका छन् ।

गौरीशंकरको जुँगु, ज्याकु, खारे, मार्बु, टुनिटार, डोगाङमा, सिमिगाउँ, लामाबगर लगायतका बस्तीमा पटकपटक पहिरोका घटना दोहोरिएको छ।

त्यसैगरी विगुको सिंगटी बजार आसपासमा हालसम्म तीनवटा पहिरो गएको छ भने पहिरोका कारण बिगु ओराङमा पनि ठूलो क्षति भएको छ ।

पहिरोले उत्तरी राजमार्ग अवरुद्ध
यस वर्ष पनि गत वर्ष जस्तै पहिरोले मुख्य ग्रामीण सडक राजमार्ग अवरुद्ध बन्दा उत्तरी तीनवटा स्थानीयतहका स्थानीयलाई  आवतजावत समस्या भएको छ।

जिल्ला सदरमुकाम र उत्तरी मुख्य व्यापारिक नाका जोड्ने चरिकोट– सिँगटी सडकखण्ड अन्तर्गतको झमार्सिमा पहिरोले सडक बगाएपछि स्थानीयहरुलाई सदरमुकाम चरिकोट र राजधानी ओहोरदोहोर गर्न असहज भएको छ।

उत्तरी क्षेत्रको तीन गाउँपालिका र मुख्य व्यापारिक केन्द्र सिंगटी जोडने चरिकोट–सिंगटी सडकखण्डको झमार्सीमा पहिरोले सडक बगाएपछि आइतबार बिहान देखिनै सडक अवरुद्ध बनेको कालिञ्चोक गाउँपालिकाले जनाएको छ।

सुवास बस्नेत 

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १० : १४ बजे

निशा डाँगीद्वारा सह महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डागीले सहममन्त्रीमा उम्मेदवारी

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थित गराउन आदेश

काठमाडाैं – पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल जोडिएको पतन्जली योग विद्यापिठ जग्गा

विराजभक्तले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं – केन्द्रीय सदस्यमा निर्वाचित भएपछि ऊर्जामन्त्री विराजभक्त श्रेष्ठले उपसभापतिमा

रिमा विश्वकर्माले सहमहामन्त्रीमा उम्मेदवारी दिने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन चितवनमा

पदाधिकारीका अधिकांश आकांक्षी बने केन्द्रीय सदस्य, रवि-बालेनले कसरी गराउलान् सर्वसम्मति ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा पदाधिकारीका दाबेदार अधिकांश नेता