राष्ट्रपतिले भने- नेपालमा लगानी गर्नुस्, जापानी टोलीको जवाफ- सुशासन कायम गर्नुस् « Khabarhub

राष्ट्रपतिले भने- नेपालमा लगानी गर्नुस्, जापानी टोलीको जवाफ- सुशासन कायम गर्नुस्


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै उनले नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।
नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताउँदै दुई देशबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उनले बताए ।

उनले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएकाले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गरे ।

खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति पौडेलले धन्यवाद दिए ।

नेपाली विद्यार्थीहरूले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उनले सन्तोष प्रकट गरेका छन् ।

भेट्न पुगेको प्रतिनिधिमण्डलले जापानी कम्पनीले नेपालमा लगानी गर्न चाहेकाले सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपाल फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताए ।

नेपाल सरकारले प्रविधि सिकेकालाई देशमै बसेर काम गर्ने वातावरण बनाउन उनीहरूले सुझाव दिएका थिए ।

उनीहरूले आर्थिक गतिविधिको केन्द्र काठमाडौं बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रीत गरी गाउँगाउँ लान सुझाए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : १० बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं– राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल)को सर्वेक्षणको

कांग्रेसले नेविसंघ नेतृत्वलाई कारबाही गर्न सक्ने, प्रवक्ता भन्छन् : लक्ष्मण रेखा नाघियो

काठमाडौं- नेपाली कांग्रेसले भ्रातृसंस्था नेपाल विद्यार्थी संघलाई पार्टीबाट अलग र

बागमतीका १३ जिल्लामा ‘एक जिल्ला एक स्वस्थ सहर’ निर्माण गरिने

भक्तपुर– बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रदेशका १३ वटै जिल्लालाई ‘एक

कतारमा भएको हेलिकोप्टर दुर्घटनामा मारिएका सातमध्ये तीन जना टर्किस नागरिक

काठमाडौं- कतारमा भएको हेलिकोप्टर दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि

परम्परागत ज्ञान र आधुनिक प्रविधिमार्फत हिमाली चरनभूमि संरक्षण गरिँदै

काठमाडौं– परम्परागत ज्ञान र आधुनिक विज्ञानमार्फत मुलुकका उच्च हिमाली क्षेत्रमा