राष्ट्रपतिले भने- नेपालमा लगानी गर्नुस्, जापानी टोलीको जवाफ- सुशासन कायम गर्नुस् « Khabarhub

राष्ट्रपतिले भने- नेपालमा लगानी गर्नुस्, जापानी टोलीको जवाफ- सुशासन कायम गर्नुस्


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलसँग जापानका सांसद एवम् प्रतिनिधिसभा न्यायिक मामिला समितिका सभापति ताकेवे अराता नेतृत्वमा आएको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ।

राष्ट्रपति भवन शीतल निवासमा सोमबार भएको भेटमा राष्ट्रपति पौडेलले नेपालमा जलस्रोत, पर्यटन र कृषिजस्ता क्षेत्रमा लगानीका लागि उपयुक्त वातावरण भएको बताए ।

सरकारले हालैमात्र कानुनमा सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सृजना गरेको बताउँदै उनले नेपालमा लगानीका लागि जापानीहरूलाई आग्रह गरे ।
नेपालमा जापानको निःशर्त र निस्वार्थ सहयोगप्रति धन्यवाद प्रकट गर्दै एशियाका ज्योति गौतम बुद्धका माध्यमले जापानसँग नेपालको सम्बन्ध सांस्कृतिक रुपले पनि जोडिएको बताउँदै दुई देशबीचको सम्बन्ध जनस्तरमासमेत सुदृढ रहेको उनले बताए ।

उनले लोकतन्त्र, मानवअधिकार, विधिको शासनजस्ता राजनीतिक मुद्धमासमेत अन्तर्राष्ट्रिय मञ्चहरुमा एउटै आवाज भएकाले पनि दुई देशबीचको सम्बन्ध नजिक रहेको उल्लेख गरे ।

खासगरी पूर्वाधार, कृषि, स्वास्थ्यजस्ता क्षेत्रमा जापानले गरेको सहयोगप्रति पौडेलले धन्यवाद दिए ।

नेपाली विद्यार्थीहरूले जापानमा प्रविधि सिकेर यहाँ आएर पौरख गरिरहेकोमा पनि उनले सन्तोष प्रकट गरेका छन् ।

भेट्न पुगेको प्रतिनिधिमण्डलले जापानी कम्पनीले नेपालमा लगानी गर्न चाहेकाले सहज वातावरण बनाउन र सुशासन कायम गर्नेतर्फ नेपालको ध्यानाकर्षण गराएका थिए ।

उनीहरूले जापान पढ्न जाने धेरै नेपालीलाई भेट्दा जापानमाा प्रविधि सिकेर नेपाल फर्केर त्यसको सदुपयोग गर्न चाहेको बताउँदा खुशी लागेको बताए ।

नेपाल सरकारले प्रविधि सिकेकालाई देशमै बसेर काम गर्ने वातावरण बनाउन उनीहरूले सुझाव दिएका थिए ।

उनीहरूले आर्थिक गतिविधिको केन्द्र काठमाडौं बनिरहेको अहिलेको परिस्थितिलाई विकेन्द्रीत गरी गाउँगाउँ लान सुझाए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : १० बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद