मिस माल्टाको टोली नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत | Khabarhub Khabarhub

मिस माल्टाको टोली नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् ।

उनी सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरिएको छ।

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा आतिथ्यता प्रदान गरिएको हो ।

मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।

उनीहरूको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ ।

नेपाली कामदारहरूको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिबीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक काम गर्नेछन् ।

यस्तै उनीहरू मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । चितवनसहितका पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले बताए ।

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटक नेपाल भित्रिने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ३७ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’