मिस माल्टाको टोली नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत « Khabarhub

मिस माल्टाको टोली नेपालमा, ढाका टोपी र पञ्चेबाजाले स्वागत


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मिस माल्टा चेरिस स्पिटेरी सोमबार नेपाल भ्रमणमा आइपुगेकी छन् ।

उनी सोमबार बिहान टर्किस एयरलाइन्सको जहाजमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेकी हुन् । उनलाई नेपाल पर्यटन बोर्ड र एनआरएनए माल्टाको अगुवाइमा स्वागत गरिएको छ।

उनीसहितको टोलीलाई ढाकाटोपी र पञ्जेबाजाले स्वागत गर्दै विमानस्थलमा आतिथ्यता प्रदान गरिएको हो ।

मिस माल्टासहितको टोली नेपाल भ्रमणमा आउनुले धेरै अर्थ राख्ने एनआरएनएका अभियन्ता तथा माल्टाका लागि नेपालको पर्यटन दूत प्रकाश भण्डारीले जानकारी दिए ।

उनीहरूको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने भण्डारीको विश्वास छ ।

नेपाली कामदारहरूको पछिल्लो समय माल्टामा बढ्दो उपस्थितिबीच मिस माल्टाको भ्रमणले माल्टासहित समग्र युरोपमा नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे ।

टोलीमा मिस माल्टाका अन्य अन्य सदस्यहरू केर्स्टन बोर्ग, डेनियल जम्मिट, एलेक्सिया कटजर र क्यारोलिना सिउबोटारु छन् ।

नेपालमा रहँदा मिस माल्टाको टोलीले विभिन्न गैरसरकारी संस्थासँग मिलेर सामाजिक काम गर्नेछन् ।

यस्तै उनीहरू मिस नेपालको ग्राण्ड फिनालेमा पनि सहभागी हुने जनाइएको छ । चितवनसहितका पर्यटकीय क्षेत्रको भ्रमण गर्नुका साथै नेपाल चिनाउने डकुमेन्ट्री पनि निर्माण गर्ने टोलीको योजना रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का अभियन्ता सोम सापकोटाले बताए ।

हाल माल्टाबाट थोरै संख्यामा मात्रै पर्यटक नेपाल भित्रिने गरेका छन् । उपयुक्त प्रचार प्रसार हुन सके माल्टाबाट नेपालमा पर्यटक निकै बढ्न सक्ने सरोकारवाला बताउँछन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ३७ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका