जब प्रधानमन्त्री ओलीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे… « Khabarhub

जब प्रधानमन्त्री ओलीलाई तेह्रथुमका जनप्रतिनिधिले भेटे…


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली चौथो पटक गत असार ३० गते उक्त पदमा नियुक्त भएपछि उनी जन्मेको जिल्ला तेह्रथुमका सङ्घीय सांसद, स्थानीय तहका जनप्रतिनिधिसहित सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एमाले) का नेता–कार्यकर्ताले आज त्यस्तै प्रकारको खुसी र गौरव अभिव्यक्त गरेका छन् ।

उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई सामूहिकरुपमा भेटेर कार्यकाल सफलताको बधाई र शुभकामना दिए ।

प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री सीता गुरुङसहितको टोलीले जिल्लामा विकास निर्माणका कामले गति पाउने आशा र विश्वास व्यक्त गरे । तेह्रथुमको आठराई गाउँपालिका–४, इवामा २००८ फागुन ११ गते जन्मनुभएका प्रधानमन्त्री ओलीको परिवार  २०२० सालमा झापा बसाइ सरेको हो ।

‘हाम्रै धुलो माटोमा जन्मिएर चार चार पटकसम्म मुलुकको प्रधानमन्त्री हुनु हामी जिल्लावासीका लागि गौरवको विषय हो । संयोगले यस पटक विश्वासको मत दिने क्रममा म पनि तपाईँको पक्षमा उभिन पाएँ । एक पटक जिल्ला र जन्मस्थल आठ्राई आएर त्यहाँको अवस्थाबारे बुझिदिनुहोला’, कांग्रेस सांसद गुरुङको सो आग्रहलाई प्रधानमन्त्री ओलीले श्रवण गरेका थिए ।

प्रधानमन्त्री ओलीले सांसद गुरुङ र आठ्राई गाउँपालिकाका अध्यक्ष दिलकुमार पाहिमले दिएको विकास निर्माण सम्बन्धी लिखित माग पत्रलाई आवश्यक कारबाहीका लागि आफ्नो सचिवालयलाई जिम्मा दिए ।

लाँलीगुराँस नगरपालिकाका प्रमुख अर्जुन माबुहाङको चाहना पनि ती माग कार्यान्वयन हुनुपर्छ भन्ने रहेको छ । यस्तै सांसद गुरुङले प्रधानमन्त्री ओली पढेको पोखारी माध्यमिक विद्यालयको भवन जीर्ण अवस्थामा रहेको, १५ शय्याको गाउँपालिका अस्पताल निर्माणमा ढिलाइ भइरहेको, सुकेपोखरी–प्रणामी मावि–ढङु्गेसाँघु सडक, लुम्बुघाट मोटरपुल आदि ठेक्का लागेका योजना अलपत्र परेकाबारे प्रधानमन्त्री ओलीलाई अवगत गराए ।

चुहानडाँडामा निर्माण हुने विमानस्थल लामो समयदेखि वातावरणीय प्रभावको अध्ययनमा मात्र सीमित भइरहेको हुँदा वातावरणीय अध्ययन कार्यलाई यथाशीघ्र सम्पन्न गरी निर्माण कार्य अगाडि बढाउन आवश्यक निर्देशन दिन गाउँपालिकाकाले आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ४४ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने