नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेपछि पुष्कर खतिवडा पक्राउ « Khabarhub

नेताहरूको मृत्युको कामनासहित अनुष्ठान गरेपछि पुष्कर खतिवडा पक्राउ


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आफूलाई धार्मिक अभियन्ता बताउने पुष्कर खतिवडा पक्राउ परेका छन्। प्रधानमन्त्रीसहितका नेताहरूको फोटो राखेर यमराजको अनुष्ठान गरिरहेका बेला उनी पक्राउ परेका हुन् ।

काठमाडौंस्थित आफ्नै घरमा नेताहरूको मृत्युको कामनासहित धार्मिक अनुष्ठान गरेपछि उनलाई सोमबार बिहान जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो ।

खतिवडालाई घरबाटै पक्राउ गरेर हिरासतमा राखिएए जिल्ला परिसर काठमाडौंका प्रवक्ता एवम् प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताहरूको फोटो राखेर मृत्युको कामननासहित अनुष्ठान गरिएपछि त्यसलाई आपत्तिजनक भन्दै खतिवडालाई पक्राउ गरिएको हो।

खतिवडाले आफू पक्राउ परेको सूचना सुरुमा सामाजिक सञ्जालमा लेख्न भ्याएका छन् । ‘मलाई भर्खरै प्रहरी वृत्त महाराजगञ्ज लगिएको छ। कामना गरौँ देश बनोस्’, उनले भनेका छन् ।

खतिवडाले केही दिनअगाडि नेताहरूको मृत्युको कामना गर्दै अनुष्ठान गर्न लागेको जानकारी सामाजिक सञ्जालबाटै दिएका थिए । खतिवडाले आफूलाई धर्मगुरु र ज्योतिषका रुपमा चिनाउने गरेका छन् । झापाका उनी काठमाडौंमा बस्ने गरेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  १ : ५४ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गायिका एलिना र मेलिनाबीच मनमुटाव : एउटै फेसन व्यवसायका पूर्वसहयोगी अब प्रतिस्पर्धी

कुनै समय एउटै व्यवसायमा सहकार्य गरेका गायिका एलिना चौहान र

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको तेस्रो दिन आज दसैँघर तथा पूजा

मंगलबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २७ गते मंगलबार सन् २०२६