जीबी राईसहित सहकारी ठगीमा मुछिएर विदेशिएकालाई नेपाल ल्याउन निर्देशन | Khabarhub Khabarhub

जीबी राईसहित सहकारी ठगीमा मुछिएर विदेशिएकालाई नेपाल ल्याउन निर्देशन


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


216
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी ठगीमा संलग्नहरूलाई नेपाल ल्याउन गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

सोमबार सिंहदरबारमा गृहमन्त्री, गृहसचिव, प्रहरी प्रमुख लगायतसँग छलफल गर्दै समितिले सहकारी ठगीमा संलग्न १८ जना देशबाहिर रहेको पाइएको भन्दै उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिएको हो ।

देशबाहिर रहेका १८ जनाको नाम समितिले गृहमन्त्रीलाई उपलव्ध गराएको छ । उनीहरूलाई नेपाल ल्याउन निर्देशन दिइएको समिति संयोजक सूर्य थापाले जानकारी दिएका छन् ।

अहिले सहकारीको अर्बौँ बचत ठगेर भागेकामध्ये सबैभन्दा चर्चित ओखलढुंगाका गितेन्द्रबाबु (जीबी) राई हुन् । उनी मलेसियामा लुकेर बसेको अनुमान छ ।

यसअघिका गृहमन्त्री रवि लामिछानेले उनलाई पक्राउ गरेर नेपाल ल्याउने कोसिस भइरहेको बताएका थिए ।

त्यस्तै सहकारी ठगीको आरोपमा थुनामा रहेका व्यक्तिसँग पनि छलफल गर्ने भन्दै यसका लागि आवश्यक वातावरण बनाउन पनि निर्देशन दिइएको उनले बताएका छन् ।

समिति संयोजक थापाले छानबिन समिति गठन भएपछि केही सहकारी सञ्चालकले बचतकर्ताको रकम फिर्ता गरेको जानकारी प्राप्त भएको उल्लेख गरे ।

यसैबीच गृहमन्त्री लेखकले सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्गनिर्देशक बन्ने बताएका छन् ।

समितिको बैठकमा गृहमन्त्री लेखकले सहकारीको समस्यालाई सरकारले प्राथमितामा राखेको बताए । ‘सहकारीको समस्या समधानको विषय सरकारले प्राथमिकतामा राखेको छ’, उनले भने, ‘सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समिति सरकारका लागि मार्ग निर्देशक भन्ने विश्वास लिएको छु ।’

समितिको निर्देशन सरकारले कार्यान्वयन गर्ने गृहमन्त्री लेखकले प्रतिबद्धता जनाएका छन् ।

संयोजक थापा क्षेत्रीले सहकारीसम्बन्धी मुद्दामा जेलमा भएकाको बयानका लागि सहजीकरण गरिदिन आग्रह गरेका छन् ।

गृहमन्त्री लेखकले सहकारीको बचत रकम हिनामिना गरी फरार भएकाहरूलाई पक्राउ गर्न काम गरिरहेको जवाफ दिए ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  २ : ०१ बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा