‘रोधी’ दृश्यले किचलोमा ‘घर ज्वाइँ’, मगर र गुरुङ समुदायबीच दोहोरी | Khabarhub Khabarhub

‘रोधी’ दृश्यले किचलोमा ‘घर ज्वाइँ’, मगर र गुरुङ समुदायबीच दोहोरी

पोखरास्थित फिल्म हलमै आक्रमण गर्ने चेतावनी


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


8.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मगर समुदायमा घर ज्वाइँ बस्ने पराम्परको कथा आधारित फिल्म ‘घर ज्वाइँ’ १७ दिनदेखि प्रदर्शनरत छ । निर्माता जनक घर्ती मगरका अनुसार सुरुवाती दुई हप्तामा फिल्मले ४ करोड ६३ लाख ग्रस कलेक्सन गरेको छ ।

दयाहाङ राई र मिरुना मगरको केन्द्रीय भूमिका रहेको फिल्मले पूर्वी रुकुमका मगर समुदायको कथा भन्छ । फिल्ममा प्रयोग भएको ‘रोधी’को दृश्यलाई लिएर केन्द्रीय कार्यालय पोखरा रहेको संस्था ‘तमु धिँ नेपाल’ले आपत्ति जनाएको छ ।

उक्त संस्थाका अनुसार रोधी गुरुङ समुदायको संस्कृति हो । फिल्ममा रोधी समुदायमाथिको दृश्यांकन विधि र विधानविपरीत भएको निष्कर्ष निकाल्दै तमु धिँले प्रदर्शन नगर्न पोखराको मिड टाउन मुभिज प्रालिलाई पत्र काटेको छ ।

चलचत्रि जाँच समितिलाई पत्राचार गर्दा पनि न्यायिक निर्णय नभएकाले उक्त कदम चालेको पत्रमा उल्लेख छ ।

संस्थाका अध्यक्ष हुमबहादुर गुरुङको हस्ताक्षर भएको सो चलचित्र प्रदर्शन भए हलमा क्षति गर्ने आशयको चेतावनी दिइएको छ ।

भएको के हो ?

‘तमु धिँ नेपाल’ले विज्ञप्तिमार्फत् ‘रोधी’ गुरुङ समुदायको संस्कृति भएको दाबी गरेको छ । यता ‘मगर समुदाय नेपालले’ले ‘तमु धिँ नेपाल’ले दाबी गरेको गुरुङ समुदायको ‘रोधी’ संस्कृतिलाई मगरहरुले ‘रोदी’का रुपमा मान्दै आएको दाबी गरेको छ ।

गत साउन ४ गते तमु धिँ नेपालले विज्ञप्ति निकालेर गुरुङ समुदायले रोधीको विकास गरेको दाबी गरेको थियो ।

चलचित्र ‘घर ज्वाइँ’मा रोधीसँग सम्बन्धित दृश्य तथा संवाद यसको मर्म र कर्मविपरीत भएको भन्दै उक्त संस्थाले निर्माण पक्षको ध्यानाकर्षण गराएको थियो ।

फिल्ममा रोधी संस्कृति त्यसको मूल मर्म प्रतिकूल हुने गरी देखाइएकाले सम्पादन गर्न संस्थाले विज्ञप्तिमार्फत अनुरोध गरेको थियो । त्यही विज्ञप्तिमार्फत् रोधीको सट्टामा छायांकन क्षेत्र, विषयवस्तु, कथा केन्द्रित क्षेत्रकै शब्द प्रयोग गर्न सुझाएको थियो ।

साउन १३ गते केन्द्रीय कार्यालय काठमाडौं भएको ‘नेपाल मगर संघ’ले ‘तमु धिँ नेपाल’को सो विज्ञप्तिमा आपत्ति जनाएको थियो ।

नेपाल मगर संघले विज्ञप्तिमार्फत संस्थाले ‘रोधीलाई गुरुङ समुदायको संस्कृति मात्रै हो’ भनेर झुट दाबी पेस गरेको निष्कर्ष निकालेको थियो ।

मगर संघले गुरुङहरुले ‘रोधी’ भन्ने गरेको संस्कृतिलाई र मगरहरुले ‘रोदी’ भन्ने गरेको स्पष्ट पारेको छ ।

फिल्ममा भएका यससँगै सम्बन्धित कुनै पनि दृश्यमा आफूहरुको आपत्ति नरहेको मगर संघले स्पष्ट पारेको छ । साथै ‘रोधी’ गुरुङ समुदायको संस्कृति मात्र हो भन्ने तमु धिं नेपालको दाबी प्रति आपत्ति जनाउँदै मगर समुदायले इतिहास पढ्न सुझाएको थियो ।

चलचित्रको पक्षमा तकसेरा

निर्देशक एवम् लेखक अनिल बूढा मगरले ‘घर ज्वाइँ’को कथा रुकुम पूर्वको तकसेरा भएको बताउँदै आएका छन् ।

‘तकसेसा समाज नेपाल’ले साउन १४ मा चलचित्रमा प्रयोग भएको रोधीसम्बन्धी दृश्यमा आफूहरु सन्तुष्ट रहेको जनाएको छ । साथै, फिल्म पूर्ण तकसेराको भूगोल र समुदायको जीवन्त कथा रहेको स्वीकारेको छ ।

‘तकसेसा समाज नेपाल’ले भनेको छ, ‘चलचित्रमा चित्रण गरिएका रोधीसम्बन्धी संवाद र दृश्यप्रति जो कोहीलाई भ्रमित र नकारात्मक लाग्छ भने सम्बन्धित भूगोल र समुदायमा पुगेर अध्ययन गर्न पनि विनम्र अनुरोध गर्दछौं ।’

निर्माण पक्ष भन्छ– हल बन्दकै सूचना आएछ

‘तमु धिँ नेपाल’को ध्यानाकर्षणपछि चलचचित्र जाँच समितिले चलचित्रका निर्देशक अनिल बूढा मगर र निर्माता जनक घर्ती मगरलाई छलफलका लागि सोमबार साढे ३ बजे बोलाएको छ ।

निर्माता जनक घर्ती मगरका अनुसार साउन १३ गते समितिबाट छलफलका लागि पठाइएको पत्र त्यही दिन आएको छ ।

सिहंदरबारस्थित सञ्चार मन्त्रालयमा बोलाइएको छलफलमा निर्माण पक्ष सहभागी हुन पाएको छैन । निर्माता जनक भन्छन्, ‘छलफलका लागि बोलाएकै समयमा हामी उपस्थित हुनेछौं ।’

सरकारी सरकारसँगको छलफलअगावै ‘तमु धिँ नेपाल’ले फिल्म प्रदर्शनमा रोक लगाउन हलललाई पत्राचार गर्नु निन्दनीय रहेको उनी बताउँछन् । यद्यपि समुदाय र संस्कृतिसँग जोडिएको विषयमा निर्माण टिम गम्भीर रहेको उनी बताउँछन् ।

मगर समुदायको रोधी र यसको मर्ममा प्रतिकूलता नपर्ने गरी फिल्म निर्माण भएकामा निर्माता मगर स्पष्ट छन् ।

भन्छन्, ‘मगर संस्कृतिका विज्ञसँग पनि सल्लाह भएको छ । हामीले मगर समुदायको कथा र संस्कृति देखाएका छौं । सम्बन्धि क्षेत्रका विज्ञहरुले पनि कुनै कमजोरी नभएको स्पष्ट पार्नु भएको छ ।’

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ३ : ०९ बजे

कपाल ठाडो पारेको भरमा कोही विकल्प हुँदैन

नेपालको समाज यतिखेर सहकारी ठगी प्रकरणमा संलग्न देखिएका, आरोप लागेका

साफ च्याम्पियनसिप : आज नेपाल र श्रीलंका तथा माल्दिभ्स र भुटान खेल्ने

काठमाडौं– काठमाडौंमा जारी साफ महिला च्याम्पियनसिप फुटबलमा आज समूह ‘बी’

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित

घरदैलोमै एकीकृत सेवा पाउँदा स्थानीय खुसी

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिकाले पालिकाका सबै सेवा एकीकृत रूपमा प्रदान

लिलीसँग एट्लेटिको म्याड्रिड ३-१ ले पराजित

काठमाडौं – युरोपेली च्याम्पियन्स लिगको बुधवार राति भएको खेलमा फ्रान्सेली