काठमाडौं महानगरपालिकाले ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने « Khabarhub

काठमाडौं महानगरपालिकाले ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने


३ मंसिर २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने भएको छ ।

महानगरले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जलवायु परिवर्तनका स्थानीय असर घटाउन तथा अनुकूलनका लागि स्थानीय तहमा सामूहिक प्रयास थालनी गर्ने उद्देश्यका साथ  जलवायु कार्य सप्ताह सुरु गर्न लागिएको जनाएको हो ।

सात दिनसम्म सञ्चालन हुने जलवायु कार्य सप्ताहमा प्रत्येक दिन फरक विषयलाई केन्द्रमा राखिने महानगरले जनाएको छ । जसमा नीतिगत तथा राजनीतिक संवाद/राउन्ड टेबल, जलवायु वित्त, नागरिक विज्ञान र सम्पदा, ऊर्जा प्रणाली र फोहोरमैला व्यवस्थापन, बालबालिका तथा युवा जलवायु कार्य दिवस, खाद्य प्रणाली, र अन्तिम दिन नागरिक समाज/दायित्व तथा ’काठमाडौँ घोषणा २०८३’ जारी गर्ने कार्यक्रम समावेश रहेको काठमाडौं महानगरका कार्यवाहक प्रमुख सुनिता डंगोलले बताइन् ।

जनप्रतिनिधि, युवा, विद्यार्थी, वैज्ञानिक, उद्यमी, निजी क्षेत्र, नागरिक समाज, विकास साझेदार, बैंक तथा वित्तीय संस्था र आम सर्वसाधारणलाई एउटै मञ्चमा ल्याई कार्यान्वयन तहमा तत्काल कार्य थालनी गर्ने लक्ष्य राखिएको उनले बताइन् । 

डंगोलले जाडो महिनामा चिसोसँगै वायु प्रदूषण बढ्ने र काठमाडौँ उपत्यका प्रदूषित सहरको सूचीमा माथिल्लो क्रममा पर्ने गरेकाले वायु प्रदूषण सम्बोधन गर्ने कार्ययोजना पनि जलवायु कार्य सप्ताहकै क्रममा सार्वजनिक गरिने जानकारी दिइन् ।

जलवायु कार्य सप्ताह अन्तर्गत विद्यालयहरूमा फोहोर वर्गीकरण, वृक्षारोपण तथा इको क्लब गतिविधि, कक्षा ६ देखि १२ सम्मका विद्यार्थीका लागि जलवायुसम्बन्धी भिडियो प्रतियोगिता आयोजना गरिने समेत महानगरले जानकारी दिएको छ । 

प्रकाशित मिति : ३ मंसिर २०८३, बिहिबार  ३ : २१ बजे

काठमाडौं महानगरपालिकाले ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले मंसिर ७ गतेदेखि जलवायु कार्य सप्ताह सुरु

‘रामायण’ र ‘बाटुलो जून’को दबदबाबीच हलमा थपिँदै दुई फिल्म, कसले मार्ला बाजी ?

काठमाडौं– नेपाली बक्स अफिसमा अहिले दुई फिल्मको चर्चा र दबदबा

थोरङला पास हुँदै आठ हजार बढी पर्यटक मुस्ताङ भित्रिए

मुस्ताङ– चालु वर्षको पहिलो चार महिनामा थोरङला पास हुँदै आठ

बाजुरामा यस वर्ष ३३७ मेट्रिकटन स्याउ उत्पादन

बाजुरा– हिमाली तथा उच्च पहाडी क्षेत्रको हावापानी स्याउखेतीका लागि अनुकूल

मैदानमा दीपेन्द्र र रबिको लडाइँ, कसको शक्ति कति ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि