नाम फिर्ता लिएका कृष्णमानको गुनासो- बदनाम गर्न खोजियो, योगदानको अवमूल्यन भयो « Khabarhub

नाम फिर्ता लिएका कृष्णमानको गुनासो- बदनाम गर्न खोजियो, योगदानको अवमूल्यन भयो


१४ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्वाचन आयोगको आयुक्तमा प्रस्तावित भएका कृष्णमान प्रधानले संसदीय सुनुवाइ समितिबाट आफ्नो नाम फिर्ता लिँदै बदनाम गर्ने प्रयास भएको गुनासो गरेका छन् ।

संसदीय समितिले नाम अस्वीकृत गर्नुअघि नै उनले सोमबार निवेदन दिँदै आफ्नो नाम फिर्ता लिएका हुन् ।

नाम फिर्ता लिनका लागि दिइएको निवेदनमा दुष्प्रचारमाझ काम गर्ने हौसला र इच्छा बाँकी नरहेको उनले जनाएका छन् ।

‘मेराउपर निजी पारिवारिक एवम् सामाजिक जीवनमासमेत अतिरञ्जित दुष्प्रचार गरी केही समूह सकृयतापूर्वक लागेर चालिसौँ वर्षको मेरो गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोमा म दुखित छु’, संसदीय सुनवाइ समितिका सभापतिलाई सम्बोधन गरिएको पत्रमा उनले भनेका छन् ।

उनले आफूविरूद्ध संगठित रूपमा लागेपछि झूटहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने महसुस गरेको जिकिर गरेका छन् ।

‘संवैधानिक परिषद्को सर्वसम्मत सिफारिसविरुद्ध यसबीच सम्मानित काठमाडौं जिल्ला अदालतमा उजुरीकर्ताले आफ्नो दाबी पुष्टि गर्न सक्दिनँ, मैले निजउपर कुनै दर्व्यवहार गरेको छैन भनी स्वीकार गर्दै मिलापत्र गरेको तथ्यलाई अनदेखा गरी न्यायिक समाधानको सम्मान गर्नुभन्दाबाहिर मेराउपर निजी पारिवारिक एवं सामाजिक जीवनमा समेत अतिरञ्जित दुष्प्रचार गरी केही समूह सक्रियतापूर्वक लागेर चालिसौँ वर्षको गैरसरकारी संस्थाको योगदानको अवमूल्यन गरेकोबाट म दुखित भएको छु । संगठित रूपमा लागेपछि झूटहरू कति डरलाग्दो रूपमा प्रभावकारी हुँदा रहेछन् भन्ने अहिले मैले महसुस गरेको छु,’, उनले निवेदनमा भनेका छन् ।

सुनुवाइका क्रममा प्रधानले यौन शोषणमा परेको भनेर संसदीय सुनुवाइ समितिमा चारवटा उजुरी परेका थिए । समितिका सदस्यहरू उनको नाम अनुमोदन गर्न नसकिने निर्णयमा पुगेका थिए । प्रधान आफैँले आफ्नो नाम झिकेपछि समितिले अस्वीकृत गरिरहने बाटोतर्फ जानु परेन ।

प्रकाशित मिति : १४ श्रावण २०८१, सोमबार  ४ : ०९ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक